भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत

author

समाचारपाटी

१0 महिना अगाडि


सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ ।
मंगलवार सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनुभएको हो । त्यस्तै सरकारले २०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्शन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाराकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी नि.लाई १५÷१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने, नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एन. लिमिटेडविच संयुक्ता उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने निर्णय पनि गरेको छ । चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदुत पदमा र गणतन्त्र फिजी न्युजिल्याण्ड, पपुआन्युगिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ गणतन्त्र पलाउ, गणतन्त्र नाउरु, गणतन्त्र मार्शल, आइल्याण्ड्स र टोंगा अधिराज्यको लागि गैरप्रवासीय राजदुतको पदमा एक अवधि चार वर्षका लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गरेको छ । त्यस्तै सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, आर्थिक वर्ष २०८१÷८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा राजपत्राङ्गित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, मिति २०८१÷६÷८ देखि ऐ. १० सम्म इण्डोनेसियामा आयोजना हुने पाचौं मिनिस्टरियल मिटिङ कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने र मिति २०८१÷५÷२५ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको दोस्रो एशिया प्यासिफिक मिनिस्टिरियल कन्फ्रेन्समा सहभागिताको लागि मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो, ‘२०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्शन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाराकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । 

अर्थ मन्त्रालय र मातहत कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने । 
साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी नि.लाई १५÷१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने । 

नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एन. लिमिटेडविच संयुक्ता उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने ।

सिराहा निवासी श्री चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदुत पदमा र गणतन्त्र फिजी न्युजिल्याण्ड, पपुआन्युगिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ गणतन्त्र पलाउ, गणतन्त्र नाउरु, गणतन्त्र मार्शल, आइल्याण्ड्स र टोंगा अधिराज्यको लागि गैरप्रवासीय राजदुतको पदमा एक अवधि (चार वर्ष का लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गर्ने । 
भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने । 

आर्थिक वर्ष २०८१÷८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा राजपत्राङ्गित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।
मिति २०८१÷६÷८ देखि ऐ. १० सम्म इण्डोनेसियामा आयोजना हुने पाचौं मिनिस्टरियल मिटिङ कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

मिति २०८१÷५÷२५ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको दोस्रो एशिया प्यासिफिक मिनिस्टिरियल कन्फ्रेन्समा सहभागिताको लागि माननीय मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति प्रदान गर्ने । 
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी युएनसिआरपिडी समितिमा पेश गर्ने ।’

सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी युएनसिआरपिडी समितिमा पेश गर्ने निर्णय पनि गरेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.८४°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन