‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ शुरु, २१ विषयमा एलर्ट गर्न पाइने

author

समाचारपाटी

१ year अगाडि

ललितपुर महानगरपालिकाले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को आरम्भ गरेको छ । बिहीवार एक औपचारिक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को शुभारम्भ गर्नुभएको हो । एलर्ट मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट राख्न तथा गुनासो पठाउनका लागि बनाइएको बताइएको छ । यस एपमार्फत २१ वटा एलर्ट तथा गुनासो पठाउन सकिने नगरप्रमुख महर्जनले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनैपनि समस्या, विपत्ति वा गुनासो भएमा एपमार्फत आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिने जनाइएको छ । गुनासोहरुलाई इन्टरनेट सुविधा नभएको अवस्थामा अफलाइन मोडमा समेत पठाउन सकिने प्रवन्ध गरिएको छ । त्यस्तै सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको जानकारी दिइएको छ । एप शुभारम्भ गर्दै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नगरप्रमुख महर्जनले एपले राम्रोसँग सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । काम गर्दै जाँदा सेवा प्रवाहमा ढिलासुस्ती भएमा सुधार गर्दै समयमै सम्बोधन गर्ने पनि उहाँले बताउनु भयो । उहाँले एपमार्फत सेवा दिन पनि पूर्वाधारको व्यवस्थापन गर्नु आवश्यक रहेको भन्दै उहाँले पूर्वाधार निर्माणमा लागि परेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘आज शुभारम्भ गर्यौँ । यसले एकदम राम्रो सेवा प्रदान गर्छ भन्ने हाम्रो आशा छ । काम गर्दै जाँदा कुनै किसिमको ढिलोपन अथवा समयमै सम्बोधन गर्न नसकेको किसिमको वातावरण सिर्जना भयो भने हामी त्यसलाई समयमै सम्बोधन गरेर त्यसलाई सुधार गर्छाैँ । तर हाम्रो ठम्याइ त्यसले राम्रोसँग सेवा प्रवाह गर्छ । यसको लागि पूर्वाधारको व्यवस्थापन गर्नुपर्छ । पूर्वाधार तयार गर्ने सन्दर्भमा हामी लागि परेका छौँ । तर सबै पूरा भइसकेको छैन । त्यस निम्ति रातो पुस्तिकामै बजेटको व्यवस्थापन गरेर अगाडी बढिरहेका छौँ ।’

एलर्टमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङसँग सम्बन्धित गुनासो राख्न सकिन्छ । त्यस्तै बिना स्वीकृति संरचना, लैंगिक हिंसा, शैक्षिक संस्थामा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवा क्षति, फुटपाथ, सडक बत्ति, अनधिकृत विज्ञापन र सडक खनेको विषयमा पनि गुनासो राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी, विपद्, सडक मानव, कालो बजारी, सार्वजनिक जग्गा अतिक्रमण, बाढी र पहिलो तथा छाडा गाईवस्तु गरी २१ वटा विषयमा अलर्ट गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, असार २७, २०८२

२०.८२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ