काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ ।
लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।