ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

author

समाचारपाटी

१ महिना अगाडि

ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ । आफ्नो १०६ औं वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरले चैत १० गतेदेखि १५ गतेसम्म पुरुष र महिला भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिष्पर्धा गर्ने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषमा १४ टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि यस प्रतियोगिताले टेवा पुग्ने विश्वास महानगरले लिएको छ । वागमती प्रदेशका पालिकास्तरीय टोली मात्र प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

ती टिममा राष्ट्रिय टिमका सदस्य, विभागीय टोलीका र विदेशी खेलाडीहरू समावेश गर्न नपाइने आयोजकले स्पष्ट पारेको छ । नयाँ प्रतिभाशाली खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पनि यस किसिमको आयोजना गरिएको आयोजकको विश्वास छ । साथै आयोजकले पालिकाहरूबीच यस प्रतियोगिताले सुमधुर सम्बन्ध स्थापित गर्ने आशा गरेको छ । महिलातर्फ आयोजक ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, चन्द्रागिरी नगरपालिका, धादिङकको नीलकण्ठ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका, नुवाकोटको दुप्चेश्वर नगरपालिका र दोलखाको बिगु गाउँपालिकले प्रतिष्पर्धा गर्ने भएका छन् । 

पुरुषमा लपु महानगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवि गाउँपालिका, मेलुङ्ग गाउँपालिका, मन्थली नगरपालिका, महांकाल–४ सिएलसी, दुप्चेश्वर गाउँपालिका, पनौती नगरपालिका, गल्छी नगरपालिका, पञ्चकन्ष गाउँपालिका, काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाले चुनौती प्रस्तुत गर्नैछन् । महिला र पुरुष दुवैमा शीर्ष तीन स्थानमा रहने टोलीले समान दुई लाख, एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँका साथै विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिबेरो र प्रशिक्षकले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’