fbpx

ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार

author

समाचारपाटी

२ महिना अगाडि

ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ ।

ललितपुरमा आईतवार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लवलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राईलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । ललितपुरले शिर्ष डिभिजनका पाँच क्लव थ्री स्टार, प्रेण्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लवलाई समान चार लाख रुपैयाँ प्रदान गरेको हो । 
विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लव ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए । चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो । चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपैयाँ पुरस्कार पाए । बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लव च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपैयाँ पाएका हुन् । ललितपुर महानगरले ‘सी’ क्लवलाई भने समान दुई लाख प्रदान गरेको थियो । ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोटर्स, झम्सीखेल युथ र सानेपा क्लवलाई पनि सम्मान गरिएको थियो ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ‘बी’ डिभिजनबाट शिर्ष डिभिजनमा पुग्ने क्लवलाई २० लाख रुपैयाँ दिन बताउनु भयो । उहाँले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गर्नुभयो । फुटबल लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै मेयर महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी वर्ष ‘ए’ डिभिजन क्लवमा खेल्ने ललितपुरका एक जना खेलाडीलाई मासिक रूपमा तलवको व्यवस्था गर्ने बताउनु भयो । 


एन्फाका महासचिव किरण राईले संघीय सरकारले मात्र लगानी गरेर खेलकुद र खेलाडीको स्तर विकास सम्भव नहुने उल्लेख गर्दै स्थानीय सरकारको भुमिका पनि महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...