ललितपुर मेयर्स कप :-उपाधिका लागि एपिएफ र कोशी भिड्ने

author

समाचारपाटी

२ महिना अगाडि

राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रलने पराजित गरेसँगै उपाधिका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो । जितपछि कोशीले चार खेलबाट ६ अंक बनायो । कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भने एपिएफले लिग चरणका सबै खेलमा सुखद् नतिजा निकाल्यो । एपिएफले तालिकामा ८ अंक बनाउँदै शीर्ष स्थानमा रह्यो ।

लिग चरणको अन्तिम खेलमा मंगलवार कोशी प्रदेशले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले रै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर मात्र ४३ रन बनाउने सक्यो । मधेसका लागि सरस्वती कुमारीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । तीन खेलाडी शुन्य र दुई खेलाडी रन आउट भएका थिए । कसिलो बलिङ गर्ने क्रममा कोशी प्रदेशका निशा शाह, कप्तान रुबिना क्षेत्री र अलिशा खडियाले समान दुई÷दुई तथा सबनम राईले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रनको येगफल तयार पारेको थियो । कोशीका लागि रुबिना क्षेत्रीले ३९, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ र स्मृती कटुवालले १० रन जोडे । पहिलो विकेटका लागि रुबिना र काजलले ४० रनको साझेदारी गरेका थिए । मधेसका लागि अमिरन निशा, सन्तोषी चौधरी र अमिषा पटेलले समान दुई÷दुई विकेट लिए । यसअघि ललितपुर मेयर्स–११ लाई सात तथा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको कोशी विभागीय टोली नेपाल एपिएफ क्लवसँग सात विकेटले पराजित भएको थियो ।

प्रतियोगिता अन्तर्गत मंलवार नै भएको  दिनको पहिलो खेलमा एपिएफले ललितपुर मेयर्स–११ लाई ३७ रनले पराजित अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको छ । शतप्रतिशत जित निकालेको साविक विजेता एपिएफ आठ अंकका साथ फाइनल प्रवेश गर्दा चारै खेलमा पराजय व्यहोरेको ललितपुर अंकबिहीन रह्यो । एपिएफले प्रश्तुत गरेको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै २० ओभर  ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै मात्र ७३ रन बनाउन सक्यो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक १५ तथा लक्ष्मी चौधरी र सीमा केसीले समान १०÷१० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । ललितपुरलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि राजमती ऐरी र बिनु बुढा मगरले समान दुई तथा इन्दु बर्मा, कप्तान सीता राना मगर र सुष्मा श्रेष्ठले समान एक÷एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाउन सक्यो । एपिएफका लागि राजमती ऐरीले ५२ बलमा चार चौकाको मद्दतमा अविजित ४१ रनको पारी खेल्दा कप्तान सीता राना मगरले १९ र बिनु बुढा मगरले १२ रन जोडे । यस बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । ललितपुरका लागि सीमा केसी र श्रृष्टि जैसीले समान दुई÷दुई तथा मनिषा उपाध्याय र  सोनी पाख्र्रिनले समान एक÷एक विकेट लिए ।
एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यसैगरी  यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो । फाइनल खेल बिहीवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

हाम्रा नेताहरू

नेतालाई टाउको दुखेविदेशमा उपचार ।सिटामोल नपाएरगाँउघरमा हाहाकार । पहिलेका नेताहरू सड‌कमाढुङ्‌गा हानाहान ।अहिलेका नेताहरू संसद्‌माकुर्सी तानाताना । सात सयनी पाँउदैनन्भारी...

विचार

नीति तथा कार्यक्रम र राष्ट्रसेवा

धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम – २०८० को बुंदा नम्बर १७२ मा “युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न...

विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, ‘चुरे जोगाउ, मधेश...

मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन : केपी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कसरी रिलिज हुनु भन्दा पहिला नै ‘आदिपुरुष’ ले कमायो...

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

“भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन”

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, जेष्ठ २३, २०८०

२३.२७°

-
Thunderstorm