fbpx

ललितपुर मेयर कप ब्याडमिन्टन आजबाट सुरू

author

समाचारपाटी

२ years अगाडि

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता –२०७९ मंसिर ७ आजबाट सुरु हुने भएको छ ।

प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा भेट्रान्स ४५ बर्ष माथिको (खुल्ला) गरि ६ विधामा प्रतिस्पर्धा हुनेछ । बिश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार संचालन हुने प्रतियोगितामा पुरुष खुल्ला तर्फ ५० खेलाडीले सहभागिता जनाउने छन् । यस्तै महिला एकल तर्फ १७, पुरुष युगल तर्फ ५१ जोडी, छात्र यु १७ तर्फ ५३, छात्रा यु १७ तर्फ १२, भेट्रान ४५ बर्ष माथि तर्फ २३ जोडीले सहभागिता जनाउने आयोजकले जनाएका छन् । प्रतियोगितामा २३४ खेलाडीहरुको सहभागिता रहनेछ ।

करिव २१ लाख ५० हजारको अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलका विजयी खेलाडीहरुले नगद ४० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजयी खेलाडीहरुले २० हजार नगदका साथै प्रमाणपत्र, मेडल र ट्रफी तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १० हजारका साथै प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।
पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै यु–१७ छात्र तथा छात्रा र भेट्रान्स ४५ बर्ष माथिको युगल तर्फका शीर्ष तीन स्थानका विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र ट्रफीका साथै नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरेको प्रतियोगिता ललितपुर बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबको कभर्डहलमा हुनेछ भने खेलाडीहरुको चापलाई मध्यनजर राख्दै पहिलो चरणको केही प्रतियोगिता हरिसिद्धिस्थित हरिसिद्धि ब्याडमिन्टन क्लबको कभर्डहलमा पनि हुने सचिव रदीप महर्जनले बताउ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको विहानको खाजा तथा खानाको ब्यवस्था आयोजक आफैले गर्ने समेत सचिव महर्जनले जानकारी गराएका छन् ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन