fbpx

ललितपुर बारको निर्वाचनमा प्रगतिशिल, समाजवादी र लोकतान्त्रिकको संयुक्त प्यानल

author

समाचारपाटी

२ years अगाडि

ललितपुर । ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार)हुने निर्बाचनमा पेशागत तथा प्रगतिशिल कानुन ब्यवासी संघ (पिपिएलए), सामाजवादी कानुन ब्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डिएलए)ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् ।

बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूह नाम दिइएको प्यानलको अध्यक्षमा शशिकुमार कार्की, उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा
सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै महिला सदस्यहरुमा सावन्ता थापा र शिरिसा श्रेष्ठ, खुल्ला सदस्यहरुमा लीलानाथ घिमिरे, बिष्णुकुमार गिरी, सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, राम विष्ट, महेश महत र प्रकाश
बुढाथोकीले उम्मेवारी दिएका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

संयुक्त समावेशी प्यानलको प्रतिस्पर्धा गणतान्त्रिक प्रगतिशिल पेशागत कानुन समूहका राम श्रेष्ठको नेतृत्वको प्यानलसँग हुने छ । अहिलेको कार्यसमितिले दुई बर्षको कार्यकाल लम्ब्याउँदै निर्वाचन पर सार्दै आएको थियो । झण्डै तीन बर्षपछि नयाँ नेतृत्व चयन हुँदैछ ।

बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूहले बार एसोसिएसनलाईबिधानले तोकेको अबधि भित्र निर्वाचन गराएर पूर्ण लोकातान्त्रिक संस्कार स्थापित गराउने, बारलाई पारदर्शी बनाउने, नबोदित कानुन ब्यवसायीहरुको बृत्ति विकासको लागि आवश्यक र उपयुक्त कार्यक्रमहरु संचालन गर्ने, भ्रष्टाचार मुक्त सक्षम, स्वतन्त्र र जबाफदेही न्यायपालिका बनाउने प्रतिवद्धता ब्यक्त गरेको छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन