नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको पाइन्छ ।जब गर्भमा छोरी छ भन्ने कुराको अवगत हुन्छ तब उसलाई जन्माइनुको सट्टा भ्रुण हत्या गराई यश धर्तीमा जन्मिन पाउने अधिकार बाट नै बञ्चित गराइन्छ।केही गरि जन्मिनै हाले पनि उ जन्मेदेखी उस्ले जन्मसगै विभेद उपहार पाएको जस्तै हुन्छ।छोरी जन्माइस भनेर आमा माथी शारीरिक तथा मानसिक यातना दिने ।सुत्केरी अवस्थामा स्याहारसुसारको सट्टा कुटपि तथा हिंसामा पनि छोरी जन्मेकै कारण महिलालहरू नै पर्नु पर्छ।जब बिस्तारै हुर्काई सुरू हुँदै छोरी बढ्दै जान्छन ।उसलाई ज्ञान सीपमुलक र जीवनोपयोगी शिक्षा प्रदान गर्नुको सट्टा सानै देखि उसको दिमागमा घर परिवार समाज सबै मिलेर तैले बिहे गरेर अरूको घर जानू पर्छ ।पढलेख गरेर काम छैन ।छोराले हो पढ्ने छोरीले पढेर के गर्नु भाडा माझ्नै पर्छ ।अरुका कपडा धुनै पर्छ ।पराई घर जानै पर्छ भनेर सानै उमेरदेखी उसलाई कलमका सट्टा हातमा हसिया र शिरमा डोको नाम्लो झुन्ड्याई दिइन्छ ।पछिल्लो समयमा केही सुधार भएजस्तो त देखिन्छ ।पहिले खुलेर भ्रुण हत्या गर्नेहरूले आज खुलेर गर्न सक्ने वातावरण त कानुनले बन्द गरिदियो। छोरालाई कलम बोकाएर विद्यालय छोरीलाई डोको बोकाएर घास दाउरामा पठाउने रीति पनि क्रमश घटेता पनि अझै छोरा र छोरीबिच विभेद भने जरै देखि उखेलीएको छैन ।
व्याङ्ग्यात्मक होस या खुल्ला तरिका बाट होस विभेद भने भइ नै रहेको छ ।शिक्षा प्रणालीबाट हेर्ने हो भने पनि बाध्यताबस विद्यालयको दैलो सम्म त जसो तसो पुग्छन महिलाहरू तर त्यस्ता महिला कमै मात्रामा उत्पादित हुन्छन ।जस्ले पढलेख गरेर ज्ञान सिपमुलक दक्ष र सक्षम भएर जीवन साक्षरतामा बिताउन पाउँछन्।परिवार तथा समाजले नै उसलाई फुकिदिसकेको हुन्छ कि त महिला होस तैले जत्ति पढेनी केही गर्न सक्दैनस त चुलो चौको र गृहस्थमै सुहाउछेछ ।त्यसो त जो महिला केही गर्छु जीवनमा सक्षम हुन्छु भनेर लागेपनि यो समाजले उसलाई त्यही दिशातर्फ धकेलिदिन्छ ।महिलाहरूको अधिकार र हक हितका कुरा संवधैनिक रुपमा लिखित भएपनि सबैतिर कार्यनयन भने हुन सकेको छैन ।केही गर्न नसक्ने उहीँ नरकिय जीवन जीउने महिला त भइहाले ।जो केही गर्छु भनेर केही खुट्किलाहरू पार गरेका हुन्छन उनैलाई पनि खुट्टा तानेर माथी पुग्न नसक्ने अवस्थामा यही समाजले पुर्याइदिन्छ ।अधिकासं महिलाहरू अघि बढे सक्षम भए भने फलानी यस्ती भइ उस्ती भई भनेर महिलालाई पछार्न खोज्ने महिला नै हुने गर्छन ।पितृसत्तात्मक सोचका कारण कहिले समानता र समावेशीता पुर्ण रुपले हुन सकेको छैन ।जमातै जमात छ विभेद गर्नेहरूको ।एकातिर महिलाको शत्रु महिला नै हुने गर्छन जस्ले पितृसत्ताको खोल ओढेर र पितृसत्तालाई बचाइरहेका छन ।
फेरी विभेद र हिसां गर्ने पराई पनि हुदैन
छोरीलाई पढाउन हुदैन पराई घर जाने जात भनेर सर्वप्रथम जन्मदिने बा आमाले नै भन्ने गर्छन ।जब विवहा बन्धनमा नारी बाधिन्छन । घर गृह सम्हालेरै जीवन समाप्त गर्ने गर्छन।पहिले पहिलेको तुलनामा अहिले केही मात्रामा साक्षर र सक्षम भएपनि समावेशीता समानता स्वतन्त्रता जस्ता कुराहरू बाट बन्चित नै छन अधिकासं महिलाहरू ।पढलेख गर्छन माध्यमिक तह सम्म जसो तसो पुग्छन अक्षर चिन्न सक्ने हुन्छन ।अनि सबैको भनाई उहीँ १२ पढेसी बिहे गर्नुपर्छ ।कतिपय महिला त कक्षा एकमा भर्ना हुदा सय छन भने दसमा पुग्दा बीस बाईस पनि नरहने अवस्था छ ।समाज परिवार र पुरुषबाट विभेद भोग्न पर्यो पिडित भयौ भनेर कराइरहदा ।महिलाहरू आफैले आफैलाई हिसां र विभेद गरिरहेको कुरा पनि बिर्सिन हुदैन ।उनीहरू आत्माबल हिम्मत शाहसी हुनुको सट्टा आफै बन्धी बन्न चाहान्छन ।सानो उमेरमा बाऊ आमा दाईभाइ त्यसपछि उमेर बढेसी वैवाहिक बन्धन पति फेरी छोरा छोरी बस सकियो ।यसैमा स्वर्ग छ मेरो जीवन भनेर खुसी हुने महिलाहरूको पनि कमि छैन यो समाजमा ।
पछिल्लो समयमा त झन परिवार समाजले महिला अघि बढ्न पर्छ भनेर सहज वातावरण निर्माण गरिदिदा पनि बालिकाहरू पढ्ने कुरामा भन्दा प्रेममा परेर वैवाहिक बन्धनमै बन्ध हुन हत्तारीको पाइन्छ ।उनीहरू यो सोच्दै सोच्दैनन् कि म आफ्नो खुट्टामा उभिन पर्छ आफैमा सक्षम हुन पर्छ।पुरुषले काम गरिहाल्छ कमाइ हाल्छ मलाई पालिहाल्छ भन्ने मनोसाय उनीहरूको हुन्छ ।अनि जुन परिवारमा पुरुष खस्किन्छन कमाई खुकुलो हुन्छ ।अनि पारिवारिक द्वन्द्व सृजना हुन्छ ।कतिको त घरबारै बिग्रिन्छ ।सो पश्चात् बल्ल चेत आउछ कि सक्षम किन हुन पर्ने रहेछ भनेर तब सम्म बल आट साहस सबै परिवार छोरा छोरी पति भनेर सक्किसकेको हुन्छ ।अनि सकिनसकि जसो तसो सङ्घर्षशील जीवन बाच्छन अनि जनावरको जस्तै मरन हुन्छ।केही सक्षम हुन सफल नारीहरूका लागि पनि निकै चुनौती सङ्घर्ष विभेद हिसां नभएको त होइन ।अझै महिला र पुरुषबिच हुने भेदभाव निमोठ नै त कहाँ हुन सकेको छ र?
छोरी मान्छे भएसी ठुलो स्वरले बोल्न हुन्न लजालु हुन पर्छ ।यस्तो उस्तो हजारौं गुणले भरिपुर्ण हुन पर्छ। यो त्यो त अझै बाकी नै छ । पुरुष सरह हास्न र बाच्न पाउने अधिकार उसलाई छदै छैन ।अलिकति ढिला बेर सम्म कहि कतै जादा चाडो पुगिएन भने कहाँ गइस को सग गएर कहाँ बसिस यस्ता अनेकौ प्रश्न खडा छदै छन। खुलेर बोल्न सक्ने वातावरण छैन अझै भनौ बाच्न पाउने अवस्था नै छैन ।कुनदिन कुनरात अन्तिम हुन्छ थाहा नै हुदैन कस्को कुन दृष्टि परिरहेको हुन्छ थाहा नै हुदैन ।बलात्कार हत्या हिसां त सदा सदा जीवितै छदै छ।अझै पनि हातेमालो गरेर दुख सुख बाडेर जीवन बिताउ भन्ने पुरुष कमै हुन्छन ।बन्धी नै बनाउनमै आनन्दित छन । केही केहीमा भने चेतना विकास भएको पाइन्छ सयको बिचमा दुईचार जना फरक भइदिदा फेरी गिल्ला गर्ने जमात त छदै नै छ ।
आजसम्म महिला हक हितका लागि धेरै भन्दा धेरै नारा जुलुस कार्यक्रम नभएका त होइनन् ।कयौ हकहितका कार्यक्रम भएनी अवस्था उहीँ छ । नारी दिवस नि मनाइदै आएको हो सोह्र दिने अभियान नि चलाएकै हो ।खोई त परिवर्तन ? खोई त चेतनाको विकास ?
उच्च जातका मानिने महिलाहरू माथी त विभेद छदै छ ।अझै दलित एकल पिछडिएका अपाङ्गगको हकहित त अझै केही हदमा भयानक नै देखिन्छ ।पशु मारिए जस्तै छ यीनका हालत ।धेरै जसो बलात्कार भएर मर्ने महिलाहरू नै हुन्छन ।उच्च जातका मानिने महिलाहरूको न्यायका लागि आवाज उठाइन्छ कतिपयका मुद्दामा त न्याय पनि दिलाइन्छ ।तर त्यही महिला दलित अपाङ्ग पिछडिएका वर्ग हुन्छन भने सास र लास दुबै फेला पर्दैनन् ।छोपछाप केरकार मेटमाट भइहाल्छ ।
म आफु यही समाजमा हुर्किने क्रममा निहालिरहेको हुन्छु ।कक्षा ६ मा मैले अध्ययन गरिरहदा एकजना मेरै दलित समुदायको दिदिले आत्माहत्या गर्नु भएको थियो। अहिले म बि.ए प्रथम वर्षमा अध्ययनरत छु ।करिब सात वर्ष पूरा हुदा पनि त्यो घटना अथवा आत्माहत्या गर्नुको कारण खुल्न सकेन ।गाउँ समाजका मान्छेले त थरी थरीका कुराहरू गरे । तर त्यही आत्माहत्या पश्चात् सिन्धुपाल्चोकको रेडियो सिन्धु र सिन्धु एफ.एम बाट प्रसारण हुने कार्यक्रम `मेरो जीवन´कथामा उहीँ मृतक दिदिको आमाले कार्यक्रममै बताउनु भएको थियो । मेरी छोरी विद्यालयमा कर्मचारी थिइ ।उस्ले कार्यलयमा विभेद भोग्न परेको थियो ।अरू सबै कर्मचारी भन्दा अलगै स्थानमा खान बस्न पर्ने अनि पढाउने कामका अलवा सबैले खाएको भाडा धुन लगाउने गरिन्थ्यो र व्यवहारले नै विभेद गर्ने गरिन्थ्यो ।उहाले आत्माहत्या गर्नुको कारण जातीय विभेद नै मात्रै त थिएन तर जातीय विभेदकै हात अलिकति त थियो ।
अर्को एकजना त्यस्तै दलित महिला शिक्षक कर्मचारी हुनुहुन्थ्यो ।उहाँले पनि आफुले विभेद भोगेको कुरा सुनाउदै बताउनु भएको थियो।विद्यालयका अरू कर्मचारी सरह आफुलाई व्यवहार नगरेको र यस्ता पनि घटना घट्यो अरू समुदायका महिला नै कर्मचारीलाई इज्जत दिइन्थ्यो ।तर दलित महिला कर्मचारी भएकै कारण उहाँ यौन शोषणको समेत शिकार हुनु भयो ।
त्यस्तै अर्को एउटा घटना बारबार सुनाउने गर्छन मेरै गाउँ घरमा जब अन्तरजातिय प्रेमका कुरा आउछन्।मेरै गाउँ सिन्धुपाल्चोकमा एक दलित बस्तीको युवती क्षेत्री युवकसग प्रेममा पर्नु भयो ।जब यश प्रेमको चर्चा एक कान दुई कान गर्दा गर्दै मैदान भयो । तब क्षेत्री समुदायका व्यक्तिहरूले खोल्सामा लगेर मारेर मृतक दिदिको मुखमाथी दिशा गरिदिएर छोडिदिएको थिए ।मेरै आखा स्वयमले देखेको हुंँ ।जे गर आफु भन्दा ठुलो मानिने जातीसग प्रेममा न पर भनेर रुदै मेरी आमा भन्ने गर्नु हुन्छ ।उहीँ अन्तरजातीय प्रेममा महिला ठुलो जाती र पुरुष सानो जाती मानिएको वर्गमा सफल नै भएर घरजम सम्म पुग्छन ।छोरी सानो जातीसग जादा छोरी हो होस एउटा फुल फुट्यो भनेर वास्ता गर्दैनन् ।तर ठुलो जात मानिने पुरुषले सानो जात मानिने महिलालाई भित्र्याउन खोज्दा कुल बिग्रिन्छ भनी कुनै पनि हालतमा त्यो सफल हुन दिइदैन ।पछिल्लो समयमा यो दुबै खाले अन्तरजातिय प्रेम सफल भएको देखिएपनि भित्र भित्रै नारीहरू मारिएका समाचार दिनहु कानमा आएर ठोक्किरहेको छ।
यस्ता समस्याहरू बारे छलफल गर्दा सातै प्रदेशका साथीहरेले आफ्नो आफ्नो क्षेत्रका अवस्था बताइरदा सबै ठाउका साथीहरुले आफ्नो ठाउमा दलित भएकै कारण महिलाहरूले न्याय नपाएर मर्न बाध्य भएको बताउछन। यस्ता धेरै मुद्दा छन जुन दलित महिला भएको कारण शोषणमा परिरहेका छन ।दलित भएकै कारण मर्न बाध्य छन ।शोषणमा पर्न बाध्य छन ।न त सुत्केरी दलित महिला बलात्कार हुनबाट जोगिएकी छन न त तीन महिने बालिका न त अठार वर्षे किशोरी दलित महिला भएकै कारण उनी कार्यथलो बाट निस्किन बाध्य छिन दलित महिला भएकै कारण अरू सरह हुन सकेकी छैनन् ।दलित महिला भएकै कारण आफ्नै प्रेमीबाट शोषित हुन्छिन ।दलित महिलामा अझै धेरै विभेद देखिन्छ।
महिलाको पीडा त महिलालाई नै थाहा भइनैहाल्छ थाहा हुन पर्ने त यहाँ पुरुषलाई हो बुझ्न पर्ने त पुरुषले हो ।कयौं सताब्दिदेखि भोग्दै आएका झेल्दै आएका त महिला हुन ।यी तमाम पीडा सङ्घर्षका कथा सुन्न पर्ने पढ्न पर्ने त पुरुषले हो ।महिला पुरुष एकै रथका दुई पाङ्ग्रा हुन यसै त भनिएको होइन नि ? महिला र पुरुषबाट यो सृष्टि सञ्चित भए जस्तै ।महिला र पुरुषको हातेमालो बाटै नै यो समाज पनि परिवर्तन हुने न हो । महिलाको अभियानमा पुरुष पनि समावेश भएन ।परिवर्तन सम्भव हुने हो महिलाको पीडा त महिलालाई थाहा नै हुन्छ सुनाउन र सुन्न जरुरत नै छैन सुन्न पर्ने त पुरुषले नै हो सुनाउन पर्ने त पुरुषलाई नै हो ।भनिन्छ एउटा सफल पुरूषको पछाडि महिलाको ठुलो हात हुन्छ ।त्यस्तै हात दिएर महिलालाई पनि त अगाडि बढाउन सकिन्छ नि ।महिलाको हकहित र अधिकारका लागि महिलाको अभियानमा पुरुष पनि समावेश हुन जरुरत छ।