पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिनुभएका जनकपुर बोल्ट्सको स्पिनर ललित राजवंशीले टिमले दिएको भुमिका र आवश्यकताअनुरूप बलिङ गरिरहेका बताउनुभएको छ । जितपछि उहाँले प्रतिद्वन्द्वीअनुरूप मानसिक रूपमा नै तयारी भएर बलिङ गर्ने गरेको र यसलाई आफूलाई मद्दत पनि मिलेको बताउनु भयो । आफ्नो टोलीको राम्रो नतिजा आउँदा खुशी रहेको र आफ्नो प्रदर्शनमा पनि निरन्तरता दिने उहाँको विश्वास छ । टोलीमा एकआपसमा प्रोत्साहन गरिरहँदा खेल्न सहज पनि भएको उहाँ बताउनु हुन्छ । विदेशी खेलाडीले पनि एकअर्कालाई साथ दिइरहेको उहाँले उल्लेख गर्नुभयो । ललितले कहिले कहीँ सोचेअनुरूप नतिजा नआउने र त्यसैले पनि आज कप्तान अनिल साहका लागि सहज नभएको बताउनु भयो । प्रशिक्षक पुबुदु दसानायकेलाई घरेलु र एसोसिएट क्रिकेटरबारे राम्रो जानकारी भएकाले पनि सबै खेलाडीलाई खेल्न सहज भएको उल्लेख गर्नुभयो ।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अन्तिम ओभरतिर रन बन्न नसक्दा जितको लक्ष्यका लागि २०÷२५ रन कम भएको बताउनु भयो । जनकपुर बोल्ट्सँग हारपछि पोखराका कप्तान कुशलले टसका कारणभन्दा पनि लक्ष्यमा कम भएको उल्लेख गर्नुभयो । उहाँले दुई खेलमा हार भएपनि आगामी पाँच खेलमा राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ । यी खेल जितेमा आगामी बढ्ने उहाँको भनाइ छ । घरेलु र विदेशी खेलाडी पनि युवा रहेको उहाँको भनाइ छ । आफ्नो पनि प्रदर्शन नहुनुले कठिन नै भएको उहाँ बताउनु हुन्छ । । कुशलले आफूले जति लामो इनिङ खेल्यो टिमका लागि त्यति नै राम्रो हुने बताउनु हुन्छ । पावर प्लेमा योजनाअनुरूप नै बलिङ गरेको उहाँले उल्लेख गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल