fbpx

लेकसाईड मदिरा ब्यवसायी समितिद्धारा विशेष गजल बाचन सहित भित्तेपात्रो बिमोचन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको लेकसाईड मदिरा ब्यवसायी समितिले विशेष गजल वाचन कार्यक्रम सहित नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ ।

विभिन्न श्रष्टाहरुको गजल बाचन सहित उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी, लेकसाईड मदिरा ब्यवशायी समितिका अध्यक्ष रोशन देवकोटा लगायतले नयाँ वर्षको भित्तेपात्रो बिमोचन गरेका थिए ।

सो अवसरमा वोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले लेकसाईड क्षेत्रमा रहेका मदिरा ब्यवसायीहरुको हकहित र ब्यवसायीहरुलाई कानुन कार्यान्वयन संगै ब्यवसायीक आचार संहिताको बारेमा संघले सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयाे । त्यसैगरी संस्थाको आचार संहिता विपरित काम गर्ने ब्यवसायीहरुलाई कानुनी दायरामा ल्याइ सचेत गराउदै ब्यवसायीलाई सुदृढ गर्नका लागी ब्यवसाय कर, ब्यवसायिक संस्थाको नविकरणको बारेमा आफ्ना सदस्यहरुलाई अभिमुखीकरण गराइ संस्थालाई अगाडी वढाउन आग्रह गर्दै बरालले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी काम गर्न समेत आग्रह गर्नुभयाे ।

त्यस्तै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले पर्यटकीय क्षेत्र लेकसाइड संग सुरक्षाको सम्पूर्ण कुराहरु जोडिने भएकाले सम्पूर्ण ब्यवशायीहरुले आ आफ्नो जिम्मेवारी बहन गरी पर्यटकीय शहरलाई ब्यवस्थित गराउनुपर्नेमा जोड दिनुभयाे ।

मदिरा भन्ने बित्तिकै सुरक्षा संग सिधै जोडिने भन्दै जोशीले ब्यवसायीहरु आपसी द्धन्द्धमा रहेका कारण कहिकतै समस्या उत्पन्न हुने बताउँदै प्रहरी प्रशासनले कोही कसैसंग पूर्वाग्रही नबनीकन प्रशासनको नियम अनुसार काम गर्ने भएकाले ब्यवसायको सुरक्षाकै लागि प्रहरीले दिन रात नभनी काम गरिरहेकाले सम्पूर्ण संग सहकार्य गरेर अगाडी वढ्ने उहाँको भनाइ रहेको थियो ।

सो अवसरमा वरिष्ठ संगीतकार तथा गजलकार नबराज वराल, गजलकार नबराज वराल (निशान्त), गजलकार धु्रव बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गर्नुभएकाे थियाे ।

लेकसाईड मदिरा ब्यवशायी समितिका अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले स्वागत मन्तब्य राख्नुभएकाे थिएभने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव बालहरि बरालले गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन