लेखनाथ । पोखरा २७ तालचोकमा रहेको लेकसिटी युथ क्लवको अध्यक्षमा राजन अधिकारी निर्विरोध निर्वाचित हुनुभएकाे छ । क्लवको ८ औँ अधिवेशन तथा १६ औँ साधारणसभा वाट अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

क्लवको उपाध्यक्षमा प्रज्वल गुरुङ, सचिवमा विश्वास वराल, सहसचिवमा सुमन मल्ल, कोषाध्यक्षमा सुरज क्षेत्री, सदस्यहरुमा सुस्मिता भुर्तेल, सागर राना, विशाल सेन ठकुरी, प्रिती गुरुङ, सविन मणि भण्डारी, प्रेम भण्डारी , सुजन विक रहेका छन् ।
यश अघि कार्यक्रममा वोल्दै प्रमुख अतिथि क्लवका सस्थापक अध्यक्ष सुरज जंग राणाले युवाहरु एक भएर अगाडि वढ्नु पर्ने र तालचोकको विकासमा लाग्नु पर्नेमा जोड दिनुभयाे । क्लवका अध्यक्ष अर्जुन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गोपिकृष्ण तिवारीले गर्नुको साथै सञ्चालन क्लवका पुर्व सचिव एव सञ्चारकर्मी सन्दिप पौडेलले गर्नुभएकाे थियाे ।