लहान । मधेस प्रदेश सिरहा जिल्लाको लहान नगर पालिका स्थित एकदमै चर्चित रहेको झण्डा पार्क मा कयौं समस्या देखिनुको साथै अवस्था झिन्न हुदै गइरहेको देखिन्छ ।
बास्तबमा लहान स्थित झन्डा पार्क दिनदिनै धेरै नै प्रख्यात हुँदै गइरहेको छ । तर झण्डा पार्कमा कयौं समस्या देखिनु को साथै अवस्था झिन्न हुँदै गइरहेको प्रष्टै देखिन्छ ।
लहानका झण्डा पार्कमा देखिएको केही समस्याहरु झण्डा पार्कमा भएको मुल झण्डा मा झण्डा नै नरहेको तथा बाकी झण्डा फेर्नुपर्ने अवस्था आइसकेको छ । भने खानेपानी हाते पाइप कल दुईवटा एउटा पनि संचालनमा नहरको ।
सोलार बत्ती भित्र व्याट्री नभएको ले सोलार हुदाहुदै पार्क भित्र बत्तीको असुबिधा र झण्डा पार्कको मुख्य द्वारमा लेखिएको खुल्ने समय तालिकाअनुसार बेलुकी करिब ६ बजे को दृश्य समयअनुसार पार्क संचालन गर्ने जिम्मेवार व्यक्ति बस्ने कोठामा ताल्चा लगाएको तथा कयौं समस्याहरु प्रस्टै देखिन्छ ।
जसले गर्दा लहानको चर्चित झण्डा पार्कको अवस्था झिन्न हुदै गइरहेको छ ।