fbpx

शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक छ : नेता पौडेल

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ ।
आईतवार नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको हो । उहाँले राष्ट्रलाई अगाडी बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले आफ्नो भुमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्नुभयो । वरिष्ठ नेता पौडेलले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो – ‘हामीले मलुकलाई अगाडी बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडी बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरु बाँझो छन् । हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ । धान्ने कसरी हो ? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ । यही नै राष्ट्रियता हो ।

यही नै देशभक्ति हो । यो देशभक्तिलाई तपाईहरुले पूर्ण रुपले अवलम्वन गर्नुहुनेछ । र श्रम गर्ने जनतालाई सम्मान गर्ने र प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा हामी सबै लागौँ । राज्य त्यतै उन्मुख होस् । समाजवाद उन्मुख राज्य भनेर हामीले भनेका छौँ । त्यो साकार हुनुपर्छ । शब्दमा मात्रै अब धेरै खेलेर काम छैन । यो देशमा शब्दहरु धेरै प्रयोग भए । तर ति शब्दको अर्थ निस्कनुप¥यो । शब्दको अर्थ साकार हुनुपर्‍यो ।’

उहाँले श्रम गरेर बाँच्न सबैलाई आग्रह गर्नुभयो । श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उहाँले शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताउनु भयो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने