fbpx

श्रम रोजगारको क्षेत्रमा आएको  संकुचन सुधार हुने विश्वास 

author

समाचारपाटी

२ हप्ता अगाडि

सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ । बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामि फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो । वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतिहरुको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछ । अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ । उहाँले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । उहाँले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताउनु भयो । समग्र कृषी र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उहाँको भनाइ छ । उहाँले श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताउनु भयो । 

सहसचिव घिमिरेले भन्नुभयो, ‘अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन भएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुमा समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ । उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ । हाल उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन भएको छ । मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको छ । व्यक्तिगत स्वरोजगार भन्दापनि वेदैशिक रोजगारमा जान इच्छुक भएका छन् । उत्पादन र उत्पादकत्व वृद्धि भन्दापनि वस्तुको आयातमा हाम्रो अर्थतन्त्र घुमेको छ । समग्र कृषि र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो मानिँदैन । यसमा रुपान्तरण अनिवार्य देखिएको छ । श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु समेत चिन्ताको विषय हो । श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक छ । वैदेशिक रोजगारी हाम्रो अर्थतन्त्र र समाजको अभिन्न अंग भएको छ । मुलुकको वैदेशिक मुद्रा आय आयर्जनको प्रमुख स्रोत भएको छ । बिप्रेषणलाई कसरी मुलुकको रुपान्तरणमा गर्न सकिन्छ भन्ने विषयको बहस गर्न ढिला गर्नु हुँदैन । वैदेशिक रोजगारीलाई मुलुकको अर्थतन्त्रको अल्पकालिन मेरुदण्डकोरुपमा मात्र लिन सकिन्छ । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धि नै मुलुकको अगामी कार्य इच्छा हुनुपर्दछ ।’


सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी ५ सय जनाको सहभागिता रहने बताइएको छ । मन्त्रालयले यसअघि पनि चार वटा श्रम तथा रोजगार सम्मेलन गरिसकेको भएपनि सम्मेलनबाट आएका निस्कर्षहरु कार्यान्वयन गर्न सकेको छैन । यस सम्मेलनले विगतमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न सहज वातावरण सिर्जना गर्ने सरकारको विश्वास छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू