fbpx

श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन : मन्त्री भण्डारी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ । 
शुक्रवार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताउनु भयो । उहाँले आफैँले बोल्ने वाक्यहरुले आफैँलाई पिरोल्ने गरेको बताउनु भयो । उहाँले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताउनु भयो ।

मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताउनु भयो । उहाँले श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमीकहरुको लागि राम्रो अवसर हुने बताउनु भयो । उहाँले श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताउनु भयो ।

 
उहाँले भन्नुभयो, ‘हामीले श्रमको क्षेत्रलाई यसलाई डिग्रिफायर गर्नुपर्छ । मर्यादित, सम्मानित कसरी बनाउने ? यसलाई सुरक्षित कसरी गर्ने ? सरकारले लिएको लक्ष्य र मन्त्रालयको उद्देश्य पनि त्यही नै हो । मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरादेखि यदी यसलाई सुव्यवस्थित हिसावले सुरक्षित र भरपर्दो हिसावले इमान्दारीपूर्वक अघि बढाउने हो भने सबैको राम्रो छ ।

म एउटा कुरा बारम्बार भन्ने गर्छु, अलि चर्को बोल्दिन्छु, त्यसकारण आफ्नो बोलीले आफैँलाई नै बेलाबेलामा अफ्ठ्यारो पार्ने गर्छ । अस्ति मैले कता बोलेँ, मैले के बोलेँ भने यो श्रम तथा रोजगार मन्त्रालय हो, यसले श्रमीकले पाउने सुविधा र समस्या हेर्नुपर्ने हुन्छ तर अहिले मन्त्रालयले धेरै भन्दा धेरै वैदेशिक रोजगारकै मात्रै कुरा गरिरहेका छाँ ।

मुलुकभित्रको श्रम र श्रमीकको अवस्था के छ ? भन्नेकुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने की नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ । त्यसैले मैले यसको नाम नै वैदेशिक मन्त्रालय राखिदिऔँ की क्या हो भनेको, ठूलो अक्षरमा ल मन्त्रीले त वैदेशिक रोजगार मन्त्रालय बनाउन खोज्यो भनियो ।

बोल्दा धेरै अफ्ठ्यारो हुने गर्दो रहेछ । हामीले अहिले चर्को हिपोक्रेटी कुरा गरेर केही पनि फाइदा छैन । अहिलेको ग्लोवलाइजेशनको फाइदा हामीले लिनुपर्छ । हामीले यसलाई अवसरका रुपमा लिने हो भने देशलाई नयाँ सिराबाट अघि बढाउन सकिन्छ ।’ 

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताउनु भयो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर