वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँ : श्रममन्त्री भण्डारी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताउनुभएको छ । 


आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरु जाने गन्तव्यस्थललाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताउनुभएको हो । उहाँले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसहरुको र फर्किएका मानिसको पनि यकिन डाटा राख्न विभागहरुलाई निर्देशन दिनुभयो । मन्त्री भण्डारीले अवैधानिक रुपमा नेपालबाट विदेश गएकाहरुलाई मान्यता दिने सरकारको तयारी रहेको बताउनु भयो । उहाँले नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरुलाई मान्यता दिएर नागरिकको साथमा सरकार छ भन्ने महशुस गराउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले यो विषयमा सरकारल एउटा अभियान सञ्चालन गर्ने बताउनु भयो । उहाँले नेपालीहरु अवैधानिक रुपमा गएका देशमा पनि कानूनी प्रावाधानका विषयमा छलफल गर्ने तयारी रहेको बताउनु भयो। उहाँले वैदेशिक रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानूनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताउनु भयो। उहाँले सरकारले विदेशबाट फर्किएकाहरुसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्ने बताउनु भयो । उहाँले सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच र श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नु रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘सरकारले विभिन्न अवैधानिक तरिकाले जुनसुकै देशमा गएको भएपनि एक पटकको लागि मान्यता दिने र दिलाउने काम गर्ने तयारी गरेका छौं । नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा विदेश गएर काम गरिरहेको भए पनि मान्यता दिएर नेपाल सरकार भएको महशुस गराउन आवश्यक छ । त्यसको लागि सरकारले अभियान चालउन खोजेको छ । विभिन्न देशका कानूनी विषयमा पनि सरकारले अगाडि बढाउन खोजेको छ । श्रम रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानूनलाई ध्यानमा राखेर श्रम सम्झौता गर्ने गरेको छ ।

नेपालीहरु जुन देशमा जे रोजगारीको लागि गएपनि त्यो गन्तव्य र ठाउँलाई सुरक्षित र मर्यादित बनाउने जिम्मेवारी सरकारको  हो । सरकारसँग पनि वैदेशिक रोजगारमा यति मानिसहरु गए भन्ने मात्रै डाटा आएको छ । यति मानिसहरु विदेशबाट मुलुकमा फकिए भनेर टाडा राख्नुपयो । विदेशबाट फर्किएकाहरुसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्छ । सरकारको मुख्य उदेश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच बनाउने र बीचमा कुनै किसिमको अवरोध नहोस् भनेर श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नेछ ।’

उहाँले मन्त्रालय अन्तरगतका विभागहरुले वैदेशिक रोजगारीका विषयमा इमान्दारिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बिना कुनै जानकारी विना वैदेशिक रोजगारीमा जाने गरेको भन्दै वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले पाउनुपर्ने जानकारी पाउनुपर्ने बताउनु भयो। उहाँले विभागहरुले वैदेशिक रोजगारी क्षेत्रमा समस्या भए भनेर प्रहरी प्रशासन सहयोगले मात्रै समस्या समाधान नहुने बताउनु भयो। उहाँले नीतिगत हिसावमा इमान्दार र नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्न आवश्यक रहेको बताउनु भयो। 


उहाँले भन्नुभयो,‘श्रम मन्त्रालय अन्तरगतका विभागहरुले पनि इमान्दारीपूर्वक काम गर्नुपर्छ । वैदेशिक रोजगारीमा जानेहरुलाई पूर्वसूचना दिने काम प्रभावकारी बनाउन आवश्यक छ । विभागले प्रहरीहरु राखेर मात्रै समस्याको समाधान हुँदैन । नीतिगत हिसावमा हामीले इमान्दारिताका साथ काम गर्नुपर्छ र अहिलेको नयाँ टेक्नोलोजीको अटोमेशन त्यसको प्रयोग गरेर जानकारी दिन सक्नुपर्छ । अहिले सरकारले संस्था खारेज गर्न लागेको छ भनेर हल्ला गरिरहेका छन् । सरकारले संस्थाहरु खारेज गर्न नभएर व्यवस्थित गर्न खोजिरहेका छौं । पूर्व सूचना,सीपमुलक तालिमका कुरा सरकार सुधार गर्न लागेको छ । श्रम मन्त्रालयले ज्ञान वेश भन्दा पनि सीपमुलक क्षेत्रमा श्रमिकलाई दक्षता बनाउने काम गर्न लागेको छ ।’


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन