fbpx

पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने

author

समाचारपाटी

९ महिना अगाडि

पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । कुसुन्ती युवा क्लवको आयोजनामा पहिलो संस्करणको कुसुन्ती मेयर कप भेट्रान फुटबल आगामी पुस २४ देखि २८ सम्म हुने भएको हो । शुक्रवार क्लवले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीले प्रतिष्पर्धा गर्नसक्ने आयोजकको भनाइ छ । तथापि, अहिलेसम्म २७ टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीको चुनौति रहनेछ ।  

यद्यपि, उनीहरूको सहभागिताका लागि दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दियो । तीबाहेक  टोलीले भने प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका छन् । यो प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिसकेका अनन्त थापालगायत कयौं पूर्वराष्ट्रिय खेलाडीले विभिन्न क्लवबाट प्रतिष्पर्धा गर्दैछन् । ४० वर्षभन्दा माथि उमेरसमूहका खेलाडीले मात्र प्रतियोगितामा खेल्न पाउनेछन् ।  प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई जनही पाँच हजार रुपैयाँका साथ बुद्ध एयरको माउण्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ । सो प्रतियोगिताका दौरान नेपाली फुटबलमा योगदान पुर्याएका पाँच जनालाई सम्मान गरिने आयोजकले जनाएको छ । त्यसका लागि आयोजकले एउटा समिति बनाइसकेको पनि उल्लेख गर्यो । 


काठमाडौं

आइतवार, अशोज २७, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन