fbpx

सरकारको निर्देशनअनुसार १५ दिनभित्र उद्योगीहरुले वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ

author

समाचारपाटी

४ महिना अगाडि

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएको छ ।


बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुसँग विद्युत वक्यौता उठाउन निर्देशन दिएको भन्दै त्यसको कार्यान्वयन प्राधिकरणले उद्योगको लाइन जोडेर शुरु गरेको बताउनुभएको हो । उहाँले नेपाल सरकारको निर्देशनअनुसार उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बाँकी वक्यौता १५ दिनभित्र वक्यौता बुझाउनुपर्ने बताउनु भयो । उहाँले १५ दिनको अवधिमा वक्यौता नबुझाए प्राधिकरण आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने चेतावनी दिनुभयो । उहाँले १५ दिनभित्र वक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने उल्लेख गर्नुभयो । निर्देशक घिसिङले प्राधिकरणले कानूनी रूपमा वक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएकाले कार्यान्वयन गर्न प्राधिकरण बाध्य भएको बताउनु भयो । प्राधिकरणले विभिन्न समयमा गरी तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिरहेको भन्दै अहिले पनि सरकारको निर्देशन र निर्णयलाई प्राधिकरणले पालना गरेको बताउनु भयो । उहाँल विद्युत प्राधिकरण ऐन, २०४१ मा नेपाल सरकारको निर्देशन पालना गर्नुपर्ने कानूनी व्यवस्था रहेको भन्दै त्यो व्यवस्थालाई सम्मान गर्दै कानूनी रूपमा काटिएको लाइन नेपाल सरकारको प्रशासनिक निर्णयबाट जोड्ने चरणमा रहेको बताउनु भयो । उहाँले प्राधिकरण १५ दिनभित्र विद्युतको वक्यौता रकम उठाउन लाग्ने बताउँदै सरकारको निर्देशन बमोजिम उद्योगीहरुले वक्यौता बुझाउनुपर्नेमा जोड दिनुभयो । उहाँले १५ दिनभित्र वक्यौता रकम उठेन भने नेपाल सरकार र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि रकम उठाउन लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विद्युत प्राधिकरण ऐन, २०४१ अन्तर्गत स्थापित संस्था भएकाले नेपाल सरकारको निर्देशन र निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्ने बाध्यतात्मक कानूनी बाध्यता छ । त्यो व्यवस्थालाई हामीले सम्मान गर्दै प्राधिकरणले कानूनी रुपमा चालिएका कदमहरु विद्युत कटौती गरे पनि सरकारको निर्णय अनुसार २८ वटा उद्योगको लाइन जोड्ने चरणमा छौं । तीन पटक लाइन कटौती गरेका थियौ । सरकारको निर्देशनअनुसार लाइन जोड्दै आएका थियौँ । अहिले पनि नेपाल सरकारको एउटा निर्देशन आएको छ । तिहार अघि उद्योगहरुको लाइन काटेका थियौं । सरकारले १५ दिनभित्र उद्योगहरुसँग विद्युत महशुलको वक्यौता छ । उक्त वक्यौता उठाउने गरी तत्कालका लागि लाइन जोड्न निर्देशन भएको छ । अब १५ दिनभित्र विद्युतको वक्यौता रकम उठाउन लाग्छौं । नेपाल सरकारको निर्देशन बमोजिम उद्योगीहरुले बक्यौता बुझाउनुपर्ने छ । प्राधिकरण उद्योगीहरुलाई २८ किस्ता सुविधा दिएर एक किस्ता दिएपछि उद्योगको लाइन जोड्दै आएका थियौं । १४ उद्योगीको लाइन जोड्यौं । ३९ वटा मध्ये २८ उद्योगले विद्युत वक्यौता नतिरेको अवस्था छ । १५ दिनभित्र उद्योगीहरुले वक्यौता रकम बुझाएनन् भने प्राधिकरणले गरेको बिल अनुसारको रकम बुझाएन भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने छौं । नेपाल सरकारले पनि भनिसकेको अवस्था छ । १५ दिनभित्र वक्यौता रकम असुल उपर गर्ने भनेको छ । नेपाल सरकार र प्राधिकरणको दायित्व भित्र आएको छ । १५ दिनभित्र वक्यौता रकम उठेन भने नेपाल सरकार र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि रकम उठाउन लाग्ने विश्वास छ ।’

कार्यकारी निर्देशक  घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर गर्नुभयो । उहाँले मन्त्रिपरिषद् बैठकले आईतवार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने बताउनु भयो । उहाँले अहिलेसम्म प्राधिकरणले काटेको बिल कुनैपनि निकायले ठिक छैन नभनेको भन्दै त्यही बिलका आधारमा वक्यौता रकम उठाउने बताउनु भयो । उहाँले फेरि पनि १५ दिनभित्र भुक्तानीका लागि त्यही बिल पठाएको बताउनु भयो । प्राधिकरणले विगतका काटेको टीओडी डाटा कुनै संशोधन गर्नु नपर्ने दाबी गर्नुभयो । उहाँले यही बिल ठिक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत नियमन आयोग लगायतले भनेको बताउनु भयो ।


उहाँले डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत महशुल उठाउने विषयमा आफ्नो राजश्व उठाउने बाहेक कुनै व्यक्तिगत र राजनीतिक स्वार्थ नभएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणमा बसेर व्यक्तिगत र राजनीतिक फाइदाको लागि नाजाहेज काम गर्नु नपरेको बताउनु भयो । उहाँले नेपालको ऐन कानूनका आधारमा काम गरिरहेको बताउनु भयो । उहाँले कुनैपनि विषयमा विचलित नभई डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत महशुल उठाउने प्रतिवद्धता जनाउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...