‘तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ”:-कुलमान घिसिङ

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्णरुपमा विदयुतीकरण हुने दावी गरेका छन्। विद्युत प्राधिकरण कार्यालयको हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले देश केही समयभित्रै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने बताउनुभएकाे हाे। उहाँले यसका लागि विकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अघि बढिसकेको दावी गर्नुभयाे। उहाँले तीन वर्षको अवधिमा विद्युतीकरणमा उल्लेख्य उपलब्धी हाँसिल गर्न सफल भएको बताउनुभयाे।

''८ वर्षअघि २०७२र७३ विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै थियो। तीन वर्ष अवधिमा उपलब्धीमध्ये विद्युतीकरणमा प्राप्त उपलब्धी महत्वपूर्ण रहेको छ,''उहाँले भन्नुभयाे,''तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ।''

चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गर्नुभयाे। नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुन लागेको जानकारी दिँदै घिसिङले यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताउनुभयाे।

८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहकको संख्या हाल बढेर सामुदायिकसहित ६० लाख ३५ हजार पुगेको उहाँले बताउनुभयाे। घिसिङले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नो स्रोतबाट ठूलो लगानी भएको बताउँदै सुकुमबासी बस्ती, चेपाङ, मुसहरलगायत विपन्न वर्गका घरपरिवारमा बिजुली पुर्‍याउन निस्शुल्क मिटर वितरण गरिएको जानकारी गराउनुभयाे।

आफ्नो तीन वर्षको कार्याकालको अवधिमा प्राधिकरणको वित्तीय सुधार, हरेक नागरिकको घरमा विद्युत पुर्‍याउन विदयुतीकरण,विद्युत आपूर्तिलाई पर्याप्त भरपर्दो गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरण क्षेत्रका पूर्वाधारहरूको विस्तार एवं सु्दृढीकरण, उत्पादन तर्फका विद्युत आयोजनाहरू अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखी कार्य भइरहेको औंल्याउनुभयाे।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन