fbpx

‘नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे,पोजेटिभ कुरा त कतै पनि नआउने भयो’:-कुलमान घिसिङ

author

समाचारपाटी

१ year अगाडि

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताउनुभएको छ । 

बिहीवार ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति म हुँदै गएको बताउनु भयो । उहाँले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । उहाँले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अप्पर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताउनु भयो । उहाँले एक वर्षसम्म अनुमति नदिइ काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो । सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने ? पोजेटिभ कुरा त कतै पनि नआउने भयो । यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो । मैले पीडा बोलेको हो । जता पनि समस्या छ । तराईमा गयो ट्रान्समिसन लाइनको समस्या, यी नजिकै ट्रान्समिसन लाइनको समस्या, लप्सीफेदीमा मेरो बिरुद्धमा नारा लगाइरहेको छ । कसरी काम गर्ने । वनले काम नै गर्न दिँदैन, एउटा रुख काट्न नसकेर मैले एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्वको ठूलो योजना अप्पर अरुण १ हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ । यस्तो स्थितिले देश बन्छ ? बन्दैन ।’

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताउनु भयो । उहाँले अण्डरग्राउण्ड गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले े नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताउनु भयो । उहाँले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अण्डरग्राउण्ड केवलको कुरा छ । म आफैँ यसो घरबाट निस्किँदा पोलको शहर जस्तो लाग्छ । नरमाइलो लाग्छ । वास्तवमा यो तारहरु कम्युनिकेसनका, फाइबर अप्टिकल केवलहरु जञ्जालले गर्दा यो सेक्युरिटीको हिसावले पनि र सेफ्टीको हिसावले पनि एकदमै अफ्ठ्यारो पारेको छ । केही गरौँ भनेर हामीले यसको महशुलमा पनि संशोधन गरेका थियौँ । त्यो त्यत्ति इफेक्टिभ भएको छैन । अण्डरग्राउण्ड मेजर शहरहरुमा, मेजर रोडहरुमा गरौँ भनेर ठूलो प्रोजेक्ट ल्यायौँ । काठमाडौं, ललितिपुर र भक्तपुरमा टेण्डर पनि भयो । तर धेरै ठाउँमा काम गर्न सकिएको छैन । यो दुर्भाग्यपूर्ण अवस्था हो हाम्रो । कोर्डिनेशन छैन । हाम्रो नेपालमा धेरै ठाउँमा कोर्डिनेशन भएको छैन । रोड डिपार्टमेण्टबाट हामीले सहमति लिनुपर्ने धेरै ठाउँमा रोड डिपार्टमेण्टबाट सहमति नपाउँदा, मेरो ठूला ठूला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको छ । उहाँहरुले ७ महिना भयो आजसम्म एक ठाउँ पनि दिनुभएको छैन । मेन रोडमा हामीले मागेको अहिलेसम्म कतै पनि पाएको छैन । केही ठाउँमा समस्या होला, काम गर्दा भविष्यको राम्रोका लागि केही क्षण बुझ्नुपर्दथ्यो । सहमति नै नदिने, सबै मेरो क्षेत्राधिकार भित्र दिन्न भनेपछि कसरी देश विकास हुन्छ, यो देश विकास हुन धेरै गाह्रो छ । धेरै कोर्डिनेशनको इस्यु धेरै नै ठूलो छ । त्यस्तो महंगो प्रोजेक्ट ल्याइरहेको छ, कहीँ काम गर्न दिइएको छैन । त्यो विषयमा महानगरपालिकाले रोड विभागसँग समन्वय गर्दा काम हुनसक्छ । यति ठूलो प्रोजेक्टलाई बेवारिसेको रुपमा परिणत गर्नलाई हामीबीचको कोर्डिनेशनको कारणले बेवारिसे हुँदैछ, यो दुर्भाग्यपूर्ण हो । वनमा गयो, वनै राज्य, सडकमा गयो सडकै राज्य । कहाँ काम गर्ने ?’उहाँले समन्वयको कमीका कारण ठूला योजनाहरु बेवारिसेको रुपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...