नेकपा एमाले का कृष्णगोपाल श्रेष्ठ काठमाण्डौं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । श्रेष्ठ ११ हजार ९ सय ५६ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उहाँले चौथो जित निकाल्नुभएकाे हाे । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त गर्नुभयाे ।
सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित हुनुभयाे ।