fbpx

काँग्रेसका नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छः नेता कृष्णप्रसाद सिटौला

author

समाचारपाटी

२ महिना अगाडि


नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्ने बताउनुभएको छ ।


सोमवार सानो गौचरणमा स्व. ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. ढुंगाना सादगी नेता रहेको बताउनु भयो । उहँँले गत वर्ष पार्टी कार्यालयमा विपीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा काँग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा सच्याउनुपर्ने आवश्यकताबारे उल्लेख गर्नुभएको स्मरण गर्दै नेपाली काँग्रेस पार्टी र नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘उहाँ सादगी नेचरको मान्छे हो, उहाँको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्छ । त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । पार्टीको निश्चित दायराभित्र अनेक घटनाहरु, उत्तारचढाव हुन्छन्, त्यसबारेमा केही भन्न चाहन्न । उहाँ नेपाली काँग्रेसको नेता हो । आज भन्दा एक वर्षअघि मात्रै हामी पार्टी कार्यालयमा एउटै कार्यक्रममा थियौँ । विपीको जन्म जयन्तीको सन्दर्भ थियो । उहाँ नेपाली काँग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा कहीँ कतै काँग्रेस पार्टीले बाटो त बिराएको छैन भन्नेकुरा उठाउनुभएको थियो । उहाँको त्यो भनाइबाट मैले नेपाली काँग्रेस पार्टी र नेताहरुले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । हाम्रो राजनीतिमा हठको बानी छ नि मैले भनेपछि त्यही कुरा सत्य र अन्तिम हो भन्नेकुरा । उहाँले त्यसलाई प्रश्रय कहिल्यै दिनुभएन । काम गर्दा गल्ती हुन्छ, त्यसको पुनरावलोकन गर्नुपर्छ र समयसापेक्ष बनाएर जनतामा जानुपर्छ भन्नुहुन्थ्यो । उहाँ गतिशिल विचारको मान्छे हो ।’
नेता सिटौलाले नेपाली काँग्रेस राजनीतिमा हठ गर्नेहरुलाई स्व. ढुंगानाले कहिल्यै प्रश्रय नदिनुभएको उल्लेख गर्नुभयो । स्व. ढुंगाना गतिशिल विचार बोकेर हिँड्ने व्यक्ति भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक