fbpx

सरकार पेलेरै जान्छ भने चुनौति सामना गर्न काँग्रेस तयार छः कृष्णप्रसाद सिटौला

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेसल चुनौति सामना गर्न तयार रहेको बताउनुभएको छ ।


आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताउनु भयो । उहाँले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गर्नुभयो । उहाँले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताउनु भयो । उहाँले काँग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताउनु भयो । सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिनुभयो । उहाँले काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस  नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो । सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली काँग्रेस बाहेकका केही दलहरु पनि छन् । प्रतिपक्षले संसदमा जनताका आवाज उठाइरहेको छ । आवाज बुलन्द गरेको छ । सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ । सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतिलाई सामना गर्नेछौँ । हामीले भनेका पनि छौँ । सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने काँग्रेस तयार छ । काँग्रेस सहेर त बस्न सक्दैन । काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको छ ।’ 


नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताउनु भयो । उहाँले कानून संघीय संसद बनाउनुपर्ने भएपनि प्रदेश लक्षित बन्न नसकेको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन