fbpx

महासमिति बैठकमा पार्टीभित्रको असमझदारी सबै मेटिएको छः नेता कृष्णप्रसाद सिटौला

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र देखिएका असमझदारीहरु मेटिएको बताउनुभएको छ । 


बिहीवार महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले महासमिति बैठक भव्यताका साथ ऐतिहासिक ढंगले सम्पन्न भएको बताउनुभएको छ । उहाँले महासमिति बैठकले पार्टी नेता तथा कार्यकर्ताहरुका बीचमा वृहत एकता भएको र असमझदारीहरु मेटिएको बताउनु भयो । उहाँले अब काँग्रेसले एउटा लाइन बसाल्ने र आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउनेगरी पार्टीको संगठन परिचालन हुने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘महासमिति बैठक भव्यताका साथ ऐतिहासिक ढंगले सम्पन्न भएको छ । एउटा उत्साह बोकेर हामीहरु आ–आफ्नो जिल्ला फर्कदै छौँ । एउटा विचार बोकेर जिल्ला फर्किदै छौँ । र हाम्रा तमाम कार्यकर्ता साथीहरुलाई बृहत एकतावद्ध गर्दैछौँ । हाम्रो बिचमा बृहत एकता भएको छ । अलिअलिक असमझदारी केहि थियो भनेपनि सबै मेटिएको छ । पूर्ण समझदारी हाम्रो बिचमा भएको छ । केन्द्रमा भएको छ । महासमितिको बिचमा भएको छ । अलिअलि हो–हल्ला भयो त्यसले पनि अलिअलि उत्साह थपेकै छ । केही बिग्रिएको छैन । म सबै साथीहरुको स्प्रिटको उच्च कदर गर्न चाहान्छु । प्रस्ताव प्रश्तुत गर्ने केन्द्रका साथीहरुलाई आभार प्रकट गर्न चाहान्छु । उच्च कदर पनि गर्न चाहन्छु । पार्टीको नीति के हो, रणनीति के हो सबै कुरामा केन्द्रले गम्भिरतापूर्वक छलफल गर्नेछ । हामी एउटा लाइन बसाल्नेछौँ काँग्रेस हार्दैन । आगामी निर्वाचनमा काँग्रेसले सम्पूर्ण रुपबाट वृहत परिचालन आफूलाई गरेर बहुमतका साथ परिणाम निकाल्न सक्नेगरी पार्टीको संगठन परिचालन हुनेछ । हामी सबै मिलेर गर्नेछौँ । एकताको सन्देश दिनेगरी महासमिति बैठक विगतको भन्दा अत्यन्त उच्चस्तरमा सम्पन्न भएको छ ।’
उहाँले मुलुकमा देखिएका समस्या समाधान गर्ने क्षमता काँग्रेससँग मात्रै रहेको बताउनु भयो । उहाँले काँग्रेस मुलुकको राजनीतिको पथप्रदर्शक भएको उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन