fbpx

माघ १८ गतेदेखि कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने

author

समाचारपाटी

१0 महिना अगाडि


कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करण माघ १८ गतेदेखि हुने भएको छ । नेपाल सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो लगनखेलको आयोजनामा आगामी माघ १८ देखि प्रतियोगिता हुन लागेको हो । मंगलवार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ क्लव र सात प्रदेश गरी कुल १० टोलीका दुई सय १० खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन् । एकल र टिम कातासहित पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धमा खेल हुनेछ ।
टिम च्याम्पियनले एक लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । पुरुष÷महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । सोही पत्रकार सम्मेलनमा आयोजक र गोदवारी नगरपालिकाबीच चार संस्करण प्रायोजन गर्ने पूर्वसहमति बमोजिम तेस्रो संस्करणका लागि पनि सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ ।
आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सो पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्नेछ । आयोजकका अनुसार सातदोबाटोस्थित कराते हलमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुनेछ । सो अवसरमा बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले स्तरीय प्रतियोगिता मध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी ऐतिहासिक रजत विजेता) जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने