‘सत्ता प्रायोजित गुन्डागर्दी, बुथ क्याप्चर, हिंसाजस्ता घटना अशोभनीय मात्र होइन, दुःखद र निन्दनीय पनि हो’:-केपी ओली

author

समाचारपाटी

२ years अगाडि

झापा । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रको दुरुपयोग गरी बुथ कब्जा गर्ने प्रवृत्ति मौलाएको बताउनुभएकाे छ ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै विजय जुलुस मनाउन बिहीबार गृह जिल्ला आउनुभएका एमाले अध्यक्ष ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताउनुभएकाे हाे।

‘मतदानका क्रममा हेलिकोप्टरबाट गुन्डा ओसारेर आतङ्क मच्चाउने, तरबार लिएर गेटमा बस्ने कुरा चिन्ताको विषय बनेको छ,’ ओलीले भन्नुभयाे, ‘सत्ता प्रायोजित गुन्डागर्दी, बुथ क्याप्चर, हिंसाजस्ता घटना अशोभनीय मात्र होइन, दुःखद र निन्दनीय पनि हो।’

लोकतन्त्रका निम्ति यी कुराहरू निक्कै चुनौतीपूर्ण भएको उहाँले बताउनुभयाे। 'अभिमतले के परिणाम दियो त्यो आफ्नो ठाउँमा छ। जसलाई बलजफ्ती हराइएको छ वा हराउन खोजिएको छ। ‘त्यसप्रति मेरो असहमति छ,’ उहाँले भन्नुभयाे।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको प्रसङ्गमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले भन्नुभयाे, ‘यो कुनै ठुलो कुरा होइन, त्यो मामुली कुरा हो।’ ‘धेरै उदय भयो भनेर जस्तो प्रचारप्रसार गर्‍यो, वास्तवमा त्यो मिडियाको कृपा हो,’ उहाँले थप्नुभयाे।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन