fbpx

नराम्रा कामहरुको नेतृत्व प्रचण्ड महोदयले गर्दै हुनुहुन्छः प्रधानमन्त्री केपी ओली

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरिरहेको बताउनुभएको छ ।

शुक्रवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको र मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको आरोप लगाउनु भयो । उहाँले नराम्रा कामहरुको नेतृत्व (माओवादी केन्द्र) का अध्यक्ष दाहालले गरिरहनुभएको बताउनु भयो । उहाँले (माओवादी केन्द्र) नेकपा एमाले र आफूबिरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको बताउनु भयो । उहाँले आफू जतिसुकै भ्रम पैदा गरेपनि सहन गरेर बसिरहेको बताउनु भयो । झुटको खण्डन गरेर आफूहरु अघि बढ्ने र झुटोलाई पराजित गरेरै छोड्ने उहाँको अठोट थियो । अध्यक्ष दाहाल भ्रष्टाचारीको संरक्षक, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने मान्छे भएको बताउनु भयो । नेकपा एमाले जनताको मनमा बस्यो र एमाले अध्यक्ष स्थापित भयो भन्ने पीर माओवादीलाई परेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘माओवादी जुन दिन देशमा पलायो, त्यो दिनबाट जाली, फटाहा, बेइमान, कहिले मुद्दा हाल्ने, के गर्ने, मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने, यो सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरु जति प्रचण्ड महोदयले नराम्रा कामहरुको नेतृत्व गरिरहेको छ । उहाँहरुको गिरोह सक्रिय छ । अरु होइन, नेकपा एमालेका बिरुद्ध सक्रिय छ, त्यसमा पनि मेराबिरुद्ध सक्रिय छ । म शिवजीले विष सेवन गरेर कहिले गोसाईकुण्ड पुग्नुहुन्थ्यो, कहिले कता । म यहीँ काठमाडौं बसिबसि, पिइ पनि दिन्छु, पचाइ पनि दिन्छु । जसले जे जे फैल्याएपनि त्यसको खण्डन गरेर जाने हो । झुटसँग हामी कहिले पनि टेर्दैनौँ । झुटलाई पराजित गरेर जाने हो । कहिले सबैभन्दा ठूलो भ्रष्टाचारी, देशै लुटेर फेरि एमाले भ्रष्टाचारी, फेरि केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने, जे होस् । हाम्रा बिरुद्ध लड्न सक्दैनन्, भ्रम फिँजाएर कसरी अविश्वास पैदा गर्ने ? मान्छेका मनबाट आस्था कसरी हटाउने ? यिनीहरुलाई परेको पीर के हो भने नेकपा एमाले स्थापित भयो, नेकपा एमालेको अध्यक्ष स्थापित भयो, त्यसकारणले यिनीहरुलाई पीर परेको हो । आफू पनि राम्रो काम गरेको भए त हुन्थ्यो नि ।’ 


अध्यक्ष ओलीले देशमा कानून रहेको र कानूनको राज देशमा बनाएर छोड्ने बताउनु भयो । देशमा भ्रष्टाचारको अन्त्य गरेर छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले कुनैपनि भ्रष्टाचारीले कुनै भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, असंवैधानिक, गैरकानूनी, हिंसात्मक, झुट, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किन्छु भन्ने नसोच्न चेतावनी दिनुभयो । उहाँले भ्रष्टाचार गर्ने जो कोही भएपनि मुख नहेरिने बताउनु भयो । 


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक