fbpx

स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री केपी ओली

author

समाचारपाटी

२ महिना अगाडि

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताउनुभएको छ ।

सोमबार काठमाडौंका नयाँ गौचरनमा राखिएको उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि चित्रण गर्नुभयो । जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । उहाँले लोकतन्त्रको बाटो दृढतापूर्वक अघि बढ्न सिकाएको उल्लेख गर्दै त्यसैबाट प्रेरित भएर अघि बढ्ने संकल्प पनि गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, 'संसदलाई जीवन्त र बलियो कसरी बनाउने ? संसदीय प्रणालीलाई जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा उहाँसँग एउटा उन्नत र व्यवस्थित सोच थियो । त्यही सोचाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान रहेको छ । उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आर्दशहरुबाट प्रेरित रहनेछौ । उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौं । उहाँलाई हामी राष्ट्रिय सम्मानका साथ बिदाई गर्छौं । '

त्यस अवसरमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संसदीय प्रणालीलाई सुदृढ बनाउने उहाँले पुर्याएको योगदानको उच्च सम्मान गर्दै सरकारले उहाँलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको पनि उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू