‘मेरो गाउँमा सपना देखिथ्यो, तर ठूलो सपना देख्न पाइन्नथ्यो’:- केपी शर्मा ओली

author

समाचारपाटी

२ महिना अगाडि

तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ? छानेर नि हैन, हैन जानी जानी तर जन्मे नेपालमै मत भाग्यमानी ,कति भाग्यमानी
भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ ।

भाग्यमानीको दुई वटा अर्थ हुन्छ । एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धी स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं हामी ।

यसै त भगवानले गराइदिने कुराका राम्रा नराम्रा पक्षहरु छन् ।
इतिहासको सानो सन्दर्भ स्मरण गर्न चाहन्छु । जर्मनी युरोपको ठूलो र महत्वपूर्ण देश हो । १९ औं शताब्दीको अघिल्लो अवधिमा जर्मनीमा जे हुन्छ ईश्वरले भनेको हुन्छ, जे गर्छ ईश्वरले गर्छ भन्ने थियो । मैले गीतमा भाग्मानी निकम्मा भाग्यवादमा विश्वास गरेर होइन । मेरो देशमा अब किड्नी ट्रान्सप्लान्ट, अर्गान ट्रान्सप्लान्टजस्ता सर्जरी पनि यी भएका छन् । सर्जरी गर्ने विज्ञ नेपालमा जन्मिएका छन् । त्यतिखेर म प्रधानमन्त्री थिएँ । प्रधानमन्त्रीजस्तो मान्छेले पनि सुबिधा खोज्दै अन्त जानु परेन । मैले भरोसा
गरेँ आफ्नो देशलाई, आफ्नो अस्पताललाई । मैले आफ्ना डाक्टर र नर्सहरुलाई भरोसा गरेँ । म सफल भएको छु । त्यसैले यो देशले विकास गर्न सक्छ । म छानेर नेपालमा जन्मिएको होइन । तर यो देशमा जन्मिनु, यो शिव भूमिमा जन्मिनु, यो बुद्धभूमिमा जन्मिनु, यो व्यास भूमि, यो विद्वानहरुको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी लाग्यो मलाई । त्यसरी मैले आफूलाई भाग्यमानी मानेँ र गीतमा लेखेँ ।

मिर्गाैला प्रत्यारोपण गर्दाको समय त्यो कसरी गर्ने भनेर डाक्टर चिन्तित थिएँ । डराइरहेका थिए । तर तपाईंले नडराउनु भन्नुभयो । बाँच्छु भनेर मनोबल बढाइरहनुभयो ? त्यतिखेर म नेपालमै मिर्गौला प्रत्यारोपण गर्न तयार छु भन्ने निर्णय कसरी लिनुभयो ?
त्यसबेला म प्रधानमन्त्री थिएँ र सरकारले मेरो उपचार खर्च बेहोथ्र्याे । तर बाहिर जाँदा ३० देखि ५० लाखसम्म साधारणतया खर्च हुन्थ्यो । त्योभन्दा बढी पनि हुन्थ्यो । तर नेपालमा आफैंले मेहनत गरेर त्यो सुविधा र उत्कृष्टता हामीले प्राप्त गरेका छौं । नेपालमै डाक्टरहरु त्यो क्षमता राख्नुहुन्छ ।

त्यस स्तरको ज्ञान, अभ्यास, उपकरण सबै हामीसँग उपलब्ध छ, हामीले विकास गरेका छौं भने पद ओहोदाको कारणले महँगो पैसा तिर्न बाहिर जानु पर्दैन । ती चिज हामी यहाँ गर्न सक्छौं भने फेसनका रुपमा टाउको दुख्यो कि विदेश कुद्न पर्दैन ।
जे कुरा यहाँ हुँदैन त्यसको लागि बाहिर गएर गर्ने हो । सक्नेले बाहिर गएर उपचार गर्छ नसक्नेले के गर्ने ?
हाम्रो देशमै त्यो सुविधा भइसकेपछि मैले हाम्रै डाक्टरहरुलाई सोधेँ, तपाईंहरु सक्नुहुन्छ ? उहाँहरुले सक्छु भन्नुभयो । मैले पनि यही भन्न खोजेको हो, तपाईंहरुले सक्नुहुन्छ । प्रत्यारोपण गरिरहनुभएको छ भने मेरो मात्र नसक्ने भन्ने कुरा छैन । तपाईंहरु गर्नुहोस् । उहाँहरुले गर्नुभयो । सफलतापूर्वक गर्नुभयो । उहाँहरुलाई धन्यवाद छ । हाम्रो स्वास्थ्य क्षेत्रमा भएको प्रगति खुसीको कुरा हो । हामीले राम्रो प्रगति गरेका छौं भनेर भन्नु पर्छ । यद्यपि पर्याप्त छैन ।

गीतकार केपी ओली कति सशक्त ?
दुई मिर्गाैला प्रत्यारोपरण गर्दा, पाँच सात ओटा अप्रेसन गर्दा पनि असशक्त भइन । तर हरेक कुरामा म एकदमै शसक्त छु भनेर पनि भन्दिनँ । सशक्तता खाली मनको कुरा हो, भावनाको कुरा हो । मैले आफ्नो भावना अभिव्यक्त गरेँ । त्यो भावना गलत छैन, सही छ ।

काठमाडौंको मेयरमा बालेन शाहले जितेपछि तपाईंलाई भेट्न जानुभयो । त्यसबेला तपाईंले तबला उपहार दिनु भयो । र्याप गाउने बालेनलाई तबला किन ? मलाई के जानकारी थियो भने बालेन शाह अर्थात् बालेन्द्र शाह गएको स्थानीय तहको निर्वाचनबाट काठमाडौंका मेयर तबला बजाउने गर्नु हुन्छ । उहाँको माटोको तबला थियो ठाउँ सार्दा फ्ट्यो । मसँग मेटले तबला थियो । राम्रो थियो, ठाउँ सार्दा पनि नफुट्ने खालको थियो । बलियो तबला, राम्रो क्वालिटीको तबलदा यताउता सार्दा पनि फुट्दैन भनेर दिएको हो । मलाई उपाहार दिन मन लाग्यो मैले दिएँ ।

संगीतमाभन्दा बाहेकको लगाव ?
जीवन भनेको, सिंगो जीवनको कुरा गर्दा, म बच्चा थिएँ, किशोर युवा, अधवैशी भएँ, अहिले पनि अधवैशे अधवैशे नै छु । बाँचीबर्ती रहे बुढो हुनु पनि अनिवार्य नै छ । म बिरामी भएपछि साथीहरुले चिन्ता गर्नु भयो । मैले एकपल्ट साथीहरुलाई यो कुरा भनेको थिएँ । मेरो हजुरआमा १०१ वर्षमा बित्नुभयो । मेरो हजुरबुबा पनि सय वर्ष पुगनपुग हुँदा बित्नुभयो । हेर्दाहेर्दै मेरो बुबा बुढोबुढो देखिन थाल्नुभयो । अहिले पनि म त्यही भन्छु ।

मेरो बुबा हुनुहुन्छ र दुईचार किलोमिटर अहिले पनि हिँड्नु हुन्छ । मेरो स्वास्थ्यभन्दा उहाँको अलि राम्रो छ । न सुगर न केही । खाना बार्नु पर्दै उहाँलाई । अझै हिँड्नु हुन्छ । स्वास्थ उहाँको राम्रो छ । बुबा अलि बुढो बुढो हुन थाल्नु भएको छ । जीवन भनेको एउटा मात्रै उमेर होइन । म बालक हुँदाको, म किशोर हुँदाको पनि हो । उमेर भनेको विभिन्न समयको हो नि त । जीवनको रंगहरुजस्तै जीवनका रसहरु पनि विभिन्न प्रकारका हुन्छन् । क्यानभासका रंगजस्तै वा साहित्यका रसहरुजस्तै अथवा संगीतका स्वर,सुर र तालहरुजस्तै विविधता हुन्छ जिन्दगीमा।

राजनीति भनेको खेतमा धान फलाउने कुरा हो कि होइन, बारीमा मकै फलाउने, सुन्तलाका बोट विरुवा लाउने कुरा हो कि होइन ? उद्योगहरुको स्थापना गर्ने कुरा हो कि होइन ? हाम्रा ऐतिहासिक धरोहरहरुको संरक्षण राजनीति हो कि होइन । राजनीति चुलो बाल्नु हो कि होइन ? यहाँ मैले साँग केलाएको कुरा आयो । साँग केलाउने मात्र होइन मैले कयौं वर्षसम्म खाना बनाएको छु । मलाई छिम्कन, निफन्न, सार्न सबै आउँछ ।

राजनीति गर्ने मान्छेले खानु पर्दैन ? खानुपर्छ भने साँग खानु पर्दैन । साँग खाने हो भने केलाउनु पर्दैन ?
भ्याएसम्म, सकेसम्म रमाउनु पर्दैन ? संसारमा केही दुःखी मान्छे हुन्छन् जो कहिल्यै मुस्कुराउँदैनन् । कहिल्यै प्रसन्न चित्त हुँदैन मानौं यो संसारको सबै पिर चिन्ता उसलाई मात्रै भएको होस् । आफ्नो भागको पिर, आफ्नो भागको चिन्ता, आफ्नो भागको कर्तव्य हुन्छ । हामीले काम कर्तव्य आफ्नो भागको गर्ने हो । मैले जे काम गर्नुपर्छ कामचोर नभई नठगीकन गर्नुपर्छ । र मैले प्रसन्न चित्त रहनुपर्छ ।

बाजा बजाउने, गाउने, नाच्ने ठाउँ , देउसी खेल्ने ठाउँ भेटियो भने धुमधुम्ती बस्ने होइन । त्यहाँ नाच्ने हो । राजनीति गर्ने मान्छे कसरी नाच्छ ? क्यारम कसरी खेल्छ ? फुटबल कसरी खेल्छ ? राजनीति गर्नेमात्रै चित्र कसरी कोर्छ ? यो सबैले देख्नु भएको छ ।
निर्वाचनको मौन अविधिबाहेक भान्सामा कति समय दिनु हुन्छ ?

म दुर्गम गाउँमा जन्मिएको हो । मेरो गाउँमा भर्खर बाटो पुग्यो । बिजुली र बाटो पुगेको दुई चार वर्ष भयो । अझै राम्ररी पक्की भइसकेको छैन बाटो । राणा शासनपछि तुरुन्तै विद्यालय पुग्यो । शिक्षामा खासै पछाडि होइन तर विकासका अरु मापदण्डमा धेरै पछाडि हो ।

मेरो ठाउँ यस्तो हो जहाँ सपना देखिथ्यो, तर ठूलो सपना देखिँदैन थियो । हाम्रोतिर एक मानाको बन्दोबस्त भन्ने चलन थियो । कोही छोरी माग्न आयो एक मानाको बन्दबस्त छ कि छैन भन्ने हुन्थ्यो । यो नै ठूलो सपना थियो । सफा खाना खानु पर्छ भने थाल त माझ्नु पर्छ । नमाझीकन कसरी सफा हुन्छ । माझ्ने काम सानो सफामा खाने काम ठूलो । काम सानो सफा खाना खाने काम ठूलो । कसरी ? मैले मेलो पाएको थिइनँ ।

सानै उमेर आमा बित्नु भएकोले पनि थुप्रै काम सिकियो । मलाई गाउँघरमा बाती काट्नेदेखि लिएर, टपरी दुना बात्ने, कामदेखि लिएर, गुन्द्रीको भत्यौरी, तान बुन्नेदेखि लिएर गजुरा सुकुल बुन्नेदेखि पराल खोसेला सबका पिरा बनाउन आउँछ मलाई । जुन काम देख्यो म त्यो सिक्ने मान्छे हो । यहाँ पोखरा जेलमा बस्दा कपडा बुन्ने काम पनि गरेँ । मन परेका दिदी बहिनीहरुलाई सारी बनाएर पठाइ पनि दिन्थेँ कहिले कहिले ।

आफैंले लगाउने लुगा पनि बुन्थेँ । कमिज सुरुवाल काट्न सिलाउन आउँछ । जेलमा हुँदा आफैं काट्थेँ, आफैं सिउँथे । मैले लगाउने कमिज सुरुवाल आफैंले काटेका हुन्थेँ । सिलाउन पायो भने । म जे काम पनि सिक्न रुचि राख्थेँ र कुनै काम सानो ठूलो भन्ने लाग्दैनथ्यो कहिले पनि । पछिसम्म पनि म खाना बनाउने काम गरिराख्छु । अहिले पनि, खाना बनाउन बढ्तै समय लाग्छ । त्यसैले म भाँडा माझ्छु ।

साथीहरुसँग जेलमा बस्दा पनि भाडा माझ्ने काम गर्थेँ । छोटो समयमा काम सिद्धिन्छ भने र म भाँडा माझ्थेँ । त्यसैले फुर्सद भयो, समय भयो भने म जहाँ जे पनि गर्थेँ । विद्यार्थी हुँदा, युवा हुँदा, नेता हुँदा कहिले गोठालागोठालीहरु भेटिए भने उनीहरुसँग पनि म रमाएर बस्थेँ । खोला देख्नै हुँदैनथ्यो । पौडी खेल्न मिल्ने खालको खोलामा पौडी खेल्थेँ । मेरो एकदमै रोजाइको काम पौडी हुने गथ्र्यो । खेलकुदमा एकदम रुचि राख्थेँ । त्यसैले तपाईंले घर गृहस्थीमा आफूलाई चाहिने काम आफैं गर्न सक्छु । म पाइलट हुन पाइनँ त्यसैले मलाई उडाउन आउँदैन ।

मैले गाडी चलाउन २०२६ सालमा सिकेँ । सिक्ने कुरामा पछि परिनँ । म साधारण ठिटै हुँदा खेरी १७, १८ वर्षको हुँदा गाउँमा त्यसबेला जेएमसीभन्ने दोस्रो विश्वयुद्धको थोत्रो ट्रक पाइन्थ्यो । ह्यान्डलबाट घ्वाईघ्वाई घुमाएर स्टार्ट गर्नुपर्ने । त्यसैबाट मैले ड्राइभिंग सिकेको हुँ । मलाई जे देख्यो त्यही सिक्नुपर्ने । त्यसैले जुनसुकै काम पनि मेरो रुचिभित्र पर्छ । हाम्रो जीवनमा अवाश्यक पर्ने काम सबै काम गर्छु ।

घर नजिकै दमीनी आमाको घर थियो । हाम्रो घर अगाडि बस्नुहुन्थ्यो । कैची चलाउँदा उहाँले बिग्रन्छ भन्नु हुन्थ्यो । उहाँको काम गरेको हेर्थेँ । फलामको कतर्नो बल्टुले बाँधेको छ तर बिग्रन्छ भन्नुहुन्थ्यो । बिग्रने ठावै छैन, छोयो भने बिग्रन्छ भन्नुहुन्थ्यो । कहिले कहिले सोध्थेँ, के भएर बिग्रिन्छ आमा यो ? तर मेरो स्वभाव कस्तो भने चलाउँ चलाउँ हुन्थ्यो । तर उहाँले तिम्रो चाल ठिक छैन त्यता हेर्दैछौ भन्ने ।

मलाई अचम्म लाग्थ्यो । २० सालमा मैले अर्काको साइकल सिकेँ । साइकल पनि नचला बिग्रन्छ भन्थे । जुनसुकै काम पनि मेरो रुचिको कुराभित्र पर्छ । त्यसकारण हाम्रो जीवनमा आवश्यक पर्ने प्रचलित कुरामा रुचि राख्छु ।

केपी शर्मा ओलीको साहित्य विषेशता के हो ? कविता कुन सन्दर्भमा लेख्नु भएको थियो ?
म यही खर्पनमा हालेर
हर दिन बेलुका…
खर्पन भन्ने कविता देखाइयो दर्शकलाई ।
म पोखरा जेलमा थिएँ । पोखरामा खर्पन बोक्ने चलन थियो जस्तो लागेको थिएन । पोखरा जेलको गेटमा एक जना खपर्नमा साग बोकेर आएँ । मैले उनलाई देखेपछि उनी भएर यो कविता लेखेँ । म त जेलभित्र बन्दी थिएँ । मै भएर त म यो कविता लेख्न सक्तैनथेँ । मैले आफूलाई खर्पन बोक्नेमा परिणत गर्नुपथ्यो । मैले त्यो व्यक्तिको रुपमा आफूलाई रुपान्तरित गरेर यो कविता लेखेको थिएँ ।

कविता लेख्नुअघि मैले खर्पन बोकेको मान्छेको चित्र बनाएँ । त्यसपछि कविता लेखेँ । मेरो बानी के छ भने उहिले भूमिगत कालदेखि जहाँ जहाँ पुग्यो मेरो लेखाइ, कहिले कथा, कहिले निबन्ध, कहिले कविता, कहिले गीत लेख्दा बोकेर हिँड्न सम्भव हुँदैनथ्यो । जहाँ पुग्थेँ त्यहाँ लेख्थे त्यहीँ छोड्थेँ । अहिले माननीय हुनुभएको छ केआर खम्बुजी । जो २६, २७ सालको आन्दानकारी हुनुहुन्थ्यो । पछि, त्रिभूवन विश्वविद्यालयमा ३५, ३८ सालसम्मै त्यहाँको सबैभन्दा परिचित विद्यार्थी उहाँ नै होला । सम्पर्क सूत्र उहाँ नै होला । त्यस्तो चिनिएको व्यक्तित्व हुनुहुन्थ्यो । पछि उहाँले जर्मनीबाट पिएचडी गर्नुभयो । उहाँसँग मेरो लामै संगत भएको थियो । उहाँ विराटनगर आउँदा माधव नेपाल पनि त्यही कलेजमा पढ्नु हुने रहेछ । केआर खम्बुले नै मलाई माधव नेपालसँग परिचय गराउनुभएको थियो । उहाँसँग पनि मेरा कतिपय कविता छुटेका रहेछन् । उहाँको संस्मरण पछिल्लो समय निस्कियो, छायाँका लस्करहरु ।

पिएचडीपछि उहाँ क्याम्पसमा पढाउँदै गर्दा नेत्रज्योति गयो । त्यस स्थितिमा उहाँले छायाका लस्करहरु लेख्नुभएको हो । त्यो पुस्तकमा मेरो अर्को एक जना साथी, जसकोमा मैले दुईचार पटक आश्रय लिएको थिएँ । उहाँकोमा मैले कविताहरु छोडेको रहेछु ।

र, त्यतिबेला मैले मेरो नाम कालीचरण भनेर लेखेको रहेछु, भूमिगतकालमा । त्यो कविताहरु छापिएको छ । ती कविपता प्रकाशनका लागि भूपनिधि पन्तलाई धन्यवाद।

म त लेख्यो, छोड्यो, हिँड्यो । त्यसमा कसैले मसला बेचोस् कि जेसुकै गरोस् । कुनै अर्थ राख्दैनथ्यो । म सुरक्षित गर्न सक्दिनँथे ।
जेलमा अनेक कृति लेखेँ । सयौं कविताहरु लेखेँ तर जेलमा खोसिन्थ्यो, लुटिन्थ्यो । लेखेर के गर्ने खोसेर लैजान्थ्यो भनेर निरास हुन्थेँ । अलिअलि हतोत्साहित पनि भएको हो । लेखेर के गर्ने ? दुःख गर्यो लुटेर लग्यो । त्यसपछि कुनै ग्रहण ग्रन्थ लेख्नेतिर लागिएन । छोटा निबन्ध र फुटकरहरु मात्रै लेखेँ ।

यसै प्रसंगमा पोखरा जेलमा हुँदाखेरी कतिपय यस्ता कविता लेखेको हुँला । भूपनिधि पन्तजी जो २०४२ सालको आन्दोलनमा उहाँलाई पनि पक्रेर ल्याएको थियो । अलिक समय जेलमेट हुनुभएको थियो ।

मैले लेखेँ, छोडेँ वा उहाँले यत्तिकै राख्छु भनेर माग्नुभयो मलाई याद छैन ।तनहुँका भन्ज्याङ पत्रिकाका सम्पादकसँग चिनजान भएको थियो । भन्जाङका सम्पादक विश्वबन्धु भण्डारी, त्यस पत्रिकाका सुरुवातकर्ता। भन्जाङ पत्रिका निकाल्दा उहाँ पनि जेल परेकोले त्यहीँ चिनजान भयो ।

उहाँको भूपनिधिजीसँग कुरा भएछ । अनि मसँग पनि केपी ओलीको कविता छ भनेर कुरा भएछ । यो कविता भन्ज्यांग, पहिले अखबारजस्तो, बिस्तारै साहित्यिक पत्रिकामा उहाँले प्रकाशित गर्नुपर्छ । त्यसपछि यो खर्पन कविता चर्चामा आयो ।
४१ सालमा लेखिएको यो कविता ३५ वर्षपछि भूपनिधिजीले उजागर गरिदिनुभयो ।

मैले पेन्सिलले स्केच बनाएर पेन्सिलले नै लेखेको कविता हो । मैले कविता लेख्ने भूपी शेरचनको कविताजस्तो लेख्छन्, हेर्छन् फेरि केर्छन् भन्ने कविताजस्तो मेरो बानी छैन ।

मेरो त्यस्तो चलन छैन । म त लेख्छु, छोड्दिन्छु । (अखण्डः र, धेरै वर्षपछि भेट्छन् ।)
ओलीः हाँस्दै कोइकोइ ।
जेलमा महाकाव्य हरायो ?
त्यो अलिकति सिद्धिन बाँकी थियो । करिब ६ महिना मेरो रचना लुटपाट भएको थिएन । त्यो छ महिनाको बीचमा खण्डकाव्य, महाकाव्य, फुटकर रचनाहरु लेखिरहन्थेँ ।

एउटाचाहिँ १६ खण्डसम्म लेखिसकेको थिएँ, त्यो लुटियो । त्यो लुटिएपछि त्यतापट्टि नलागौं भन्ने भयो । त्यो एकदम प्रचलित नाम राखिएको थियो । आमा बित्नु भयो । तीनवर्षदेखि अहिलेसम्म म आमाको चेहरा सम्झिरहन्छु । तीन वर्षको उमेरमै ‘आमा’ गुमाएकोले होला आमा शब्दप्रतिको आत्मीयता विशेष छ । अरुलाई पनि यस्तै हुन्छ होला । त्यसकारण त्यो महाकाव्यको नाम आमा नै राख्न मन लागेको थियो । तर त्यो लुटेर लगियो, अब इतिहासको कुरा भयो ।

कविता भन्दा बाहेक निवन्धको विधामा पनि यहाँको दुई आँखा, दुई कान एक मुख पढ्न पाएको थिएँ । यसको विम्बले मलाई रोमाञ्चक बनाएको थियो । यो कुन सन्दर्भमा देखिएको थियो ?

मैले साथीहरुलाई सामान्य कुरामा सम्झाउँथे । त्यही सन्दर्भमा एक पटक साथीहरुलाई सम्झाउँने क्रममा केही कुराहरु राखेको थिएँ । त्यसमा केही अंश–अशंका कुराहरु थिएँ । एउटा अशंमा के थियो भने हाम्रो दुईवटा कान हुन्छन्, चनाखोसँग सुन्नु पर्छ । हेर्नको लागि दुईवटा आँखा छन् । हेर्न पनि सिक्ने कुरा हो । सिक्नु धेरै पर्छ, तर दुईवटा कानले सुनेर सिक्ने हो । आँखाले हेरेर सिक्ने हो । तर मुख एउटा मात्रै छ त्यसैले सही कुरा मात्रै बोल्ने, चाहिने कुरा मात्रै बोल्नेहो , सकेसम्म राम्रो सुन्नु पर्याे, राम्रो कुरा मात्रै हेर्नु पर्याे । हाम्रो ज्ञानेन्द्रिय मध्ये सबैभन्दा बढी आँखा र कानले धेरै ज्ञान आर्जन गर्छ । मुख त एउटा मात्रै छ । बोलेर ज्ञान कम हुन्छ । सुनेर मात्रै धेरै ज्ञान हुन्छ । बोलेर हुँदै नहुने त होइन । बोलर पनि हुन्छ । तर ज्ञान आर्जन कम हुन्छ । त्यसकारण बोल्दा विचार थोरै बोल्नु पर्छ भन्ने हो । भद्रगोल जेलमा हुँदा ०३७ सालतिर लेखिएको निवन्ध थियो ।

कविता र निवन्धभन्दा बाहेक साहित्यको अरु विधा पनि लेख्नु भयो कि ?
मलाई एक पटक हार्माेनिय बजाउँन बस्दा एक जना साथीले सोध्नु भयो, ‘हार्माेनियम बजाउँन आउँछ ? भनेर, मैले आउँछ भने, हार्माेनियमको पछाडिबाट थिच्नु पर्छ । अगाडिबाट हावा दिएपछि बजिहाल्छ नि । मेरो जस्तो बजाउँने तरिका बेग्लै छ । अरुकोसँग मिल्दैन । मलाई धेरै आउँछ , तर अरुकोसँग मिल्दैन । मेरो आफ्नै मौलिक पारा छ ।

१४ वर्षे जेल जीवनमा धेरै अध्ययन गर्नु भयो । त्यो कसरी प्राप्त हुन्थ्यो ?
मलाई सुरुमै गोल घरमा लपियो । त्यहाँ केही पनि दिइदैन । पानी खाने भाँडो पनि दिइदैन । त्यहाँ ठूलो लडाई गरेर माटाको सुराई झिाकाइयो । सिसाको कुनै पनि चिज दिइदैन थियो । त्यहाँ सबै कुरामा संका गरिन्छ । दुःख दिने नियतले मात्रै लगिन्थ्यो । त्यहाँ पत्रिका, किताब कलम, कागज केही दिइदैन थियो । रेडियोमा जडान गरेर माइक राखिएको हुन्थ्यो । त्यसमा रेडियो नेपाल नेपालको समाचार मात्रै सुन्न पाइन्यो । बेलुकी सुत्नेबेला वीरगन्जको हवारीहरुले हिन्दी गीतका लागि फर्माइसहरु पठाउँथे । त्यसको विज्ञापन मात्रै आउँथ्यो । त्यो बाहेक केही सुन्न पाइँदैन थियो । त्यसबेला म निकै बिरामी परेको थिएँ । त्यसबेला गेटको छेउमा डाक्टरहाँ जाँच गर्न लग्यो । तर त्यस्तो एउटा रमाइलो किस्सा छ । फर्किदा मैले चुरोटको विज्ञापन गर्न खोजेको होइन । तर सत्यकथा भन्न चाहन्छु । गोलघरमा फ्ल्याट चुरोट पाउँथ्यो । त्यो खाएर कसैले फ्याकेको रहेछ । बहिर १० खीली चुरोट पाइन्छ भन्ने लेखेको हुन्थ्यो । जेलभित्र मैले चुरोटको खोल भेटेँ । मैले त्यो कागज भेटाएँ । मैले कागज नखेको केही महिना भएको थियो । त्यो चुरोटको खोल भेट्दा वा कागज भेट साथी भेटेजस्तो भयो मलाई । कागज भेट्दा आफन्त भेटाए जस्तो भएको थिजयो । संयोगले एउटा पेन्सिल सानो टुक्रो पनि भेटाएँ । मेरो लागि त्यो सुन्दर संयोग थियो । चुरोटको खोल र पेन्सिलको टुक्रा टिप्दा भेट्दा मलाई सबैले हेर्थेँ । मानसिक रोगी रहेछ क्या हो भनेर हेरे । जे भेटायो त्यही टिप्दै हिड्छ । सबै जना अचम्ति भए । तर मलाई असाध्यै नियन्त्रण राख्न खोजिन्थ्यो । आफूलाई शासन देखाउन खोज्ने त्यहाँका कामदार थिए । जेलभित्र पनि विभिन्न श्रेणीका नायके हुन्थे । मलाई एकजना कामदारले आफूलाई शासकीय रुपमा देखाउँन खोज्जे र मलाई नियन्त्रण देखाउन खोज्थे । तीनको जीवन काहीनी सुनेको थिएँ । एकदमै मार्मिक जीवन काहनी थियो । उनी माथि प्रहरी, वकिल लगायत सबैले नभएको कुरालाई पनि भएको बनाएर ठूलो सजायको भागीदार बनाएको थियो । उनको त्यस्तो पिडा थियो । उनको जीवन साच्चै ठिठ लाग्यो थियो । उनको जीवन र परिवारसँग जोडेर हेर्दा निकै मार्मिक थियो । त्यो चुरोटको खोलमा उनकै जीवन सम्झिएर लेखेँ । र उनलाई मैले सुनाए । मैले चुरोटको खोलमा लेखेको कविता सुनाउँदै गर्दा उनी आँखाबाट आँसु खसाल्दै रुए र मलाई त्यो कविता मागे । मैले उनलाई तपाईकै लागि लेखिदएको भनेर दिएँ । त्यसपछि मलाई चुरोटको खोलको खाँचो भए । त्यसपछि मैले कागज पाएँ । पेन्सिल सिमेन्टमा घोट्दै तिर्खादै लेख्थेँ । त्यसरी लेखनको सुरुवात भयो । पछि चुरोट खोलमा चाङ कविताहरु लखेँ । ती जेलर सबै चुरोटको खोलमा देखिएको कविता जतन गरेर राखेका थिए । पछि सबै उठाएर लग्यो । ती जेलर पनि विते । मलाई तीनले फुलिस्के कागज र पेन्सिल उपलब्ध गराए ।

यो लेखनको विषय भयो । अध्ययन गर्न कसरी वातावरण बन्यो ?
गोलघरको बाहिर पट्टि लाइबे्ररी छ । त्यसमा केही हजार किताबहरु होलान् । लाइब्रेरीको सदस्य भएपछि दिनमा दुई तीन वटाको दरले पढ्न सुरु गरेँ । त्यहाँ उपलब्ध भएका सबै शास्त्र पढेँ । त्यहाँ जे उपलब्ध छ सबै अध्ययन गर्दै गएँ । सबै शास्त्रमा केही न केही ज्ञान हुँदो रहेछ । सबै रुची साथ पढेँ । त्यसले मलाई लाभ नै गर्याे । त्यो लाइब्रेरीको एक वर्ष लगभग सबै पढेर सकेँ । कपितय पुस्तकहरु दोहोर्याएर पनि पढेँ ।

त्यसबेला जेलमा हुनुन्थ्यो, अनि समय थियो । अहिले धपेडी बनाउँने खालेको राजनीतिको जेलमा हुनुहुन्छ ।

अहिले लेख्ने पढ्ने समय कसरी समय व्यवस्थापन गर्नु हुन्छ ?
पढ्ने लेख्ने समय राति मात्रै हो । दिउँसो समय निकाल्छु भनेर सम्भव छैन । म अलि कम सुत्छु । तर समय मिल्यो भने सुतिहाल्छु । जति बेला सुत्छु त्यतिबेला नै निदाई हाल्छु । जति समयको लागि सुत्छु त्यति समयको लागि सुत्छु । चार घण्टा सुत्ने भन्यो भने त्यति मात्रै सत्छु । त्यसैले विहान उठेदेखि व्यस्ता हुने भएकोले रातिको समयमा मात्रै अध्ययन गर्छु ।

यहाँको अनुभूतिमा पढ्नु र लेख्नु कुन चाहि मजाको विषय हो ? लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु हो । पढ्नु सरसरती सुचना प्राप्त गर्नु हो । तर ज्ञानको रुपमा त्यसलाई संगठित गर्नको लागि लेख्नै पर्छ । ज्ञानलाई संगठित गर्न योजना नै गर्नु पर्छ । नत्र ज्ञान संगठित हुँदैन ।

यहाँको स्रटाहरु सत्यमोहन जोशी, माधव घिमिरे, वैरागी काइला, भक्राज आचार्यहरुसँग भेटाघाट हुन्थ्यो ।

उहाँहरुसँगको भेटमा के लागि स्राटाहरुलाई बोलाउँनु हुन्थ्यो र उहाँहरुकहाँ जानु हुन्थ्यो ?
राष्ट्रकवि माधव प्रसाद घिमिरेर र शताब्दी पुरुष सत्यमोहन जोशी वा वैरागी काइला लगयत सबै लेखकहरु हाम्रा लागि तीर्थ जस्ता हो । उहाँहरुको सम्मानका लागि उहाँहरुको घरमा जाने गर्छु । तीर्थ गर्न जसरी पनि जान्छु उहाँहरुकहाँ । उहाँहरुकहाँ गएपछि अनौठो बत्सल्य प्राप्त हुन्छ । त्यस वात्सल्यले एक ढंगले ज्ञान प्रवेश हुन्छ । त्यसबाट त्यसप्रकारण दिव्यवाणी हुन्छ । सम्रगी ज्ञान प्रवेश हुन्छ । त्यसकारण उहाँसँग भेट्छु । उहाँहरुलाई आफैले बोलाएर साहित्यक बाजजित गर्छु । कोभिड पछि बन्द भएको छ । फेरि त्यस्तो कार्यक्रम फेरि गर्छु ।


खर्पनमा चित्र कोर्नु भएको थियो । यहाँको चित्रकारिता कसरी सिक्नु भयो कति लेख्नु भयो ?
जुनसुकै कुरा पनि रुचि राख्थेँ । पौडी खेल्न नजान्दै पनि पोखरी हाम फाल्थेँ । कहिलेकही संकट पनि पर्थेँ । त्यही संकटबाट सिक्थेँ । मलाई जिज्ञासा धेरै हुन्थ्यो । त्यसैलेचित्रकारिता विद्यालय कहिले कही सिकाउँने कुरा हुन्थ्यो । नाटक सिकाउँने काम पनि हुन्थ्यो । नाटक र चित्रकारितमा केटाकेटी बेलामा भाग लिन्थेँ । त्यसबेला भाग लिने काम हुन्थ्यो । वक्तित्वकला कार्यक्रमहरु हुन्थ्यो । मैले पनि चित्र कोर्ने गर्थेँ । कलम वा पेन्सिल जे भेटाए पनि चित्र कोर्ने गर्थेँ । मैले त्यसबेला पढेको छैन सिकेको छैन । मैले अलि अलि गर्छु ।

विश्वकप रातभर बसेर हेर्नुभयो ?
विश्वकपको अन्तिम फाइनल रोमान्चक थियो । अर्जेन्टिनाको पक्षमा थिएँ । तटस्थ ढंगले अर्जेन्टिनाको । मौका मिल्दा पहिले खेल्थेँ । बुझ्छु पनि नियम पनि आउँछ । पास दिएको मिल्यो मिलेन भनेर पनि बुझ्छु । यस पटकको फाइनल म पनि उठेर हेरेँ । युवा उमेर उठेर हेरिन्थ्यो । तर म उठेर हेरेँ । खेलको सेन्टिमेन्टसँग बगेको थियो । खेल पनि राति भएकोले काम माया मार्नु पनि परेन । त्यसैले राति खेल हेर्न पाउँदा निकै आनन्द आयो ।

कुन कुन खेलमा विज्ञता र रुचि छ ?
विज्ञता कतिलाई भन्ने ? मभन्दा नजान्ने खेलाडी पाएँ भने हराउन सक्छु । त्यसैले केलाई विज्ञता भन्ने ? त्यसकारण फुटबल, भलिबल, टिटी, स्नोकर, क्यारमबोर्ट खेल्छु । नजान्ने पाएँ भने हराउँछु । सानेबेलामा गिर पनि खेल्थेँ । त्यसबेला क्रिकेट थिएन । अहिलेको गिर जस्तो जस्तो थिएन ।त्यसबेला गिर निकै खतरनाक हुन्थ्यो । अलि कम खेल्थेँ । गिरको बल खतरनाक हुन्थ्यो ।
तपाई पहिले एकदमै कडा नास्तिक हुनहुन्थ्यो रे । उत्तर कोरिया गएको बेला किम जुङको सलाक अगाडि झुक्न लगाएँ । त्यसपछि आस्तिक बनेर फर्किएँ भन्ने सन्दर्भ सुनेको थिएँ ।

त्यो कुन प्रशंगमा भएको थियो ?
उहाँहरुको चलन अनुसार नेताको सालकअघि पुगेपछि ‘गो डाउन प्लीज’ त्यसपछि झुकेर सम्मान गर्नु पर्ने रहेछ । त्यहा बुद्धाको स्तुपा पनि छ । त्यहा बुद्धाको मूर्तिको भएको ठाउँ पुगेपछि मैले पनि गो डाउन प्लीज भने, मलाई त्यसअघि मूर्ति अघि निउरीनुपर्छ भन्ने लाग्दैन थियो । त्यहा नेताको अगाडि पुग्दा निउराउन परेपछि मैले पनि बुद्धको मूर्ति अघि पुगेपछि सबैले ढोक्न लगाएँ । त्यो यथार्थ घटना थियो । त्यसले मलाई फिलोसोफिकल कुरामा म सत्यमा विश्वास गर्छु । त्यसकारण मेरो दृष्टिकोणको मुल थिम सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने भन्ने मुल थिम थियो । म यस ममला शुक्रात र बुद्ध जस्तो सत्यको ममलामा अंगिकार गर्ने गर्छु ।योग को सन्र्दभमा शिवबाट सुरु भएर योगका प्रणेताहरु त्यसका विकास कर्ता भनेर मानिने कपिलमनी र त्यसलाई पछि विकाससित गरेको पताञ्जली योगको पहिलो शुत्र आठ वटा छन् । त्यसमा पहिलो सुत्र यमो,यमो भनेको अहिंसा र सत्य । सत्य र अहिंसा नै यसको सत्य कुरा नै हो । त्यसै मैले योगमा जोड दिएको छु । सत्यको मार्ग अपनाएको छु । योगी हुँ भन्ने तर छलछाम गर्ने ? त्यस्तो योगी हुँदैन । यदि योग गर्ने हो भने सत्यमा अडिन्छु । सत्य धारण गर्छु, सत्यमा विश्वास गर्छु । असत्यको बाटो हिड्दिन भनेर कबुल गर्नु पर्छ । अनि मात्रै योग सुरु हुन्छ । तसअर्थ मैले दार्शनिक हिसाबले वस्तुवादी दर्शन, यथार्थवादी दर्शन, तथ्यवादी दर्शन, जे सत्य हो त्यो कटुसत्य हो ।

एउटा भनाई छ, उमेर हरेक मान्छे कम्युनिस्ट र कवि हुन्छ । तपाईं कम्युनिस्ट निरन्तर हुनु भयो । अहिले कवि चाँहि कति हुनुहुन्छ ? दुवै हुनु भयो त्यो बेला ?

यो गलत व्याख्य हो । कवि हुने भनेको वैशंको उत्तालोपन हो । सामाजिक न्याय, समनता खोज्यो भने वैंशको उत्तालोपन हो । पछि परिपक्व भएपछि सामाजिक न्याय, समनता किन चाइयो, समृद्धि किन चाइयो ?

समृद्ध नेपाल सुखी नेपालीलगायतको कुरा किन चाइयो ?
यसो त होइन होला । यहाँ थुप्रै कविहरु उभिनु भएको । सबै लेखक कविहरु थुप्रै यहाँ हुनुहुन्छ । त्यसैले वैंश लहर होर साहित्य ? साहित्य वैंशको लहर होइन । मान्छेले के चाहान्छ ? सबै मान्छेको गन्तव्य भनेको सुख प्राप्ति हो । सुख पाउँन चाहान्छ मान्छे ? त्यसैले मान्छे सुख नै खोज्छ । ऋषीमुनीले पनि मान्छे सुख चाहन्छ भनेर भनेका छन् । साहित्य वैंशको उत्तालो र गैरजिम्मेवार खालको पन होइन । समाज परिवर्तन र साहित्य सिर्जनाको कुरा, कवि हुने कुरा, कवि मन हुने कुरा उमेर अनुसारका भावनाहरु हुन सक्छन् । रसहरु पनि परिवर्तन हुन सक्छ । विभिन्न रसहरु हुन सक्छन् । बीर रस वैंशमा हुँदैन । अलि बुढेसकाल लागेपछि श्रृंगार रस हुँदैन भन्ने कुरा होइन ।

मेघदुत कुन उमेरमा कालीदासले लेखेका थिए ? अज्ञना सकुन्तल कुन उमेरमा लेखेका थिए । केटाकेटी सानो छदा होइन अलि पछि लखेका थिएँ । कालिदासको कथा सबैलाई याद होला । युवा छदा त उनी निरअक्षर थिए । त्यसकारण श्रृंगार रस र
प्रेमभावका कुरा भन्दा पनि । साहित्यहरु प्राय मेघदुत होस् वा नाटक लेख्दा उनी छिप्पिसकेका थिए । त्यसकारण साहित्य त्यस्तो होइन ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, माघ २६, २०७९

१२.१५°

-
Mist

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्
झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना
रास्वपालाई गगन थापाको प्रश्न, सरकारमा किन गएको ?
राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै
नेता देउवाविरूद्ध सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ

विचार/विविधा

थप देखाउनुहोस्
विचार
रवि लामिछानेले गृहमन्त्री नपाएको झोकमा जे पायो त्यही बोलेको एलिजाको...

ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई...

विचार
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न...

विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक
सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ‘बावडी’ मा आज विवाह
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त...
फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर...