fbpx

टेलिभिजनहरु सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको ओलीको भनाई

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यामहरुलाई युट्युव, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरु नै भएकाले युट्युव, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको ओलीको भनाई थियो ।

बुधवार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सामाजिक सञ्जालहरुसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल बे्रकिङ न्युजको सम्भावना नरहेको तर्क समेत गर्नुभयो ।

अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यामहरुलाई सुझाव दिनुभयो । विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिहरुको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उहाँले बताउनु भयो ।
ओलीले भन्नुभयो, ‘अत्यन्तै तीव्रताका साथ आज दुनियाँमा सञ्चारका प्रविधिहरु अत्यन्तै विकास भइरहेका छन् । टेलिभिजनहरु एउटा कुरासँग अलि हच्किएको देख्छु–युट्युवसँग, केसँग, टिकटकसँग, फेसबुकसँग, सामाजिक सञ्जालसँग । त्यो सबैले समाचार प्राप्त गर्ने भनेको टेलिभिजनबाटै हो । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरुले बनाउने हो । त्यो त इन्डिभिजियोल्ली चलाउने कुरा हो ।

अर्गानाइज वे मा चलेको हुँदैन । त्यसकारण उनीहरुसँग वाईड इन्फरमेशन, इमिडियड इन्फरमेशन, फ्रेस इन्फरमेशन, वास्तवमा न्युज बे्रकिङ उनीहरुबाट साधारणतया सम्भावना कम हुन्छ । किनभने कहाँ, के भएको हुन्छ रु उनीहरुको नेटवर्किङ त्यति हुँदैन । त्यसकारण यसको त नेट वर्किङ हुन्छ । नेटवर्क बिस्तार गरौं । नयाँ प्रविधि भित्र्याऊँ । यो कुरा चाहीँ तपाईहरुले ध्यानमा राख्नुहुनेछ भन्ने मैले ठानेको छु । मुख्य कुरा टिम स्पिरिट हो ।’

ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यामहरुको विकासले गति लिएको पनि स्मरण गराउनु भयो । त्यस अवसरमा उहाँले विश्वमा नै टेलिभिजन सञ्चार माध्यामको विकासको इतिहास लामो नभएको पनि उल्लेख गर्नुभएको थियो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर