fbpx

सरकारले प्रश्तुत गरेका सिद्धान्त र प्राथमिकताले पुँजीवादी पक्षलाई समातेको छः- नेकपा एमाले

author

समाचारपाटी

९ महिना अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८१—०८२ को बजेटका सिद्धान्त र प्राथमिकताले नेपालको वर्तमान आवश्यकतालाई नचिन्ने बताउनुभएको छ । 

आईतवार संसद भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रश्तुत गरेको सिद्धान्त र प्राथमिकता हेर्दा विगतकै वर्षहरुको जस्तो रहेको बताउनु भयो । उहाँले सरकारले प्रश्तुत गरेको सिद्धान्त र प्राथमिकताले पुँजीवादी पक्षलाई समातेको जिकिर गर्नुभयो । उहाँले गरिबी निवारण उद्देश्य बनाएर त्यसका निम्ति चाल्नुपर्ने कदम सिद्धान्त र प्राथमिकतामा नरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले गत वर्षको जस्तो बजेट पाएका छौँ । अत्यन्तै हानिकारक । विगत दुई वर्षका बजेटहरु वास्तवमा पुँजीवादी, नेपालको वर्तमान आवश्यकतालाई चिन्दै नचिनेका, बुझ्दै नबुझेका बजेटहरु आए । यस सिद्धान्त र प्राथमिकता भनेर जुन आएको छ, यसले त्यही पुँजीवादी पक्षलाई समातेको छ । यसले गरिबी निवारण एउटा उद्देश्य बनाएर त्यसका निम्ति चाल्नुपर्ने कुनकुन कुराहरु प्राथमिकताका हुन् भन्ने जस्ता कुराहरु गरेको छैन । हामीले राष्ट्रिय पुँजीको विकास, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास र त्यसतर्फको यात्र ति कुराहरुलाई लिएर जानुपर्ने हो । तर त्यो भइरहेको छैन । यसले त्यसलाई बोक्दैन । सिद्धान्तका ठाउँमा सिद्धान्त छैन । प्राथमिकताका ठाउँमा प्राथमिकता छैन ।’ 

अध्यक्ष ओलीले अर्थतन्त्र परिचालन गर्न र विकास अघि बढाउनका लागि सिद्धान्त र प्राथमिकता सरकारले नल्याएको दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन