fbpx

‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकि काम टुंग्याउनुपर्छ भन्ने पक्षमा थियौँ’:-केपी शर्मा ओली

author

समाचारपाटी

१0 महिना अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताउनुभएको छ । 


मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले राष्ट्रियसभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको पटकपटकको प्रश्तावमा सो विधेयक पीडितमैत्री हुुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गर्नुभयो । अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । उहाँले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकि काम टुंग्याउनुपर्छ भन्ने पक्षमा थियौँ । म प्रधानमन्त्री हुँदा पनि हामीले टुंग्याउन साह्रै कोशिस गरेका हौं । त्यतिबेला प्रचण्डजी र शेरबहादुर देउवाजीले टुंग्याउन मान्नुभएन । किन मान्नुभएन, के शौख हो उहाँहरुको त्यो उहाँहरुले भन्नुहोला । तर स्पष्ट तः उहाँहरुले शान्ति प्रक्रियाका बाँकि कामहरु टुंग्याउन मान्नुभएन । मैले धेरै आग्रह गरेँ । अनुरोध गरेँ । नत्र यो १८ वर्षसम्म चालु रहने विषय थिएन । १७ वर्ष पूरा गरेर १८ वर्ष लागि सक्यो । यो चालु रहने थिएन । तर अहिले यसलाई बेस्सरी हतियार बनाउन खोजिएको छ । हामी भन्न चाहन्छौं–हाम्रा लागि आफ्नै केही छैन । हामी पीडितको पक्षमा, पीडितले न्याय पाउने भन्ने कुरा मात्रै हो । पीडितलाई मञ्जुर हुँदाखेरी हामीलाई मञ्जुर छ । हामीले भनेका छौं । पीडितले न्याय पाउनुप¥यो । उनीहरु मञ्जुर हुनुप¥यो । र यो बलजफ्ती ग¥यो भने हिंसाका प्रवृत्तिहरु या भावनाहरु, प्रतिशोधका भावनाहरु कालान्तरसम्म रहन र पुनः प्रकट हुन सक्दछन् । हिंसा पुनः प्रकट हुन सक्दछ । त्यसकारण एक पटकका लागि र सधैँका लागि यसको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । म यो प्रसंग राष्ट्रिय सभाको सदस्यका केही पदहरुसँग साँटने होइन, देखाउने त्यो पदहरु र हामीलाई यो काम चाहीँ गराईहाल्ने, हामी केही पदका लागि आफ्नो अडान छोडौं । दृष्टिकोण छोडौं, नीति छोडौं । र, पछि उही हो–सम्झाउन सकिएन साथीहरुलाई, मानेन के गर्ने ? तपाईहरुको जस्तो युनिफाईड एकदम एकढिक्का पार्टी छैन । अपm्ठयारो छ । विभिन्न घटक छन्, आदि इत्यादी । असाध्यै अपm्ठ्यारो छ । या त सरकार नै धरापमा पार्ने अवस्था भयो । आदि इत्यादी कुरा गर्ने र फेरि लड्पट्याउने । कुरा त्यही थियो । त्यस स्थितिमा हामीले त्यसको पछाडि कुद्नु थिएन । हामीले त्यसलाई तुरुन्तै भोलि गरौँ, भोलि गरांै भन्ने उनीहरुको हरेक वार्ताको पछाडि एकतावद्ध भएरै जाने हो राष्ट्रिय सभा निर्वाचनमा, त्यो टुंगै भो । काँग्रेस एक नम्बर २ नम्बर एमाले, तीन नम्बर माओवादी भनेरै सिट बाँड्ने हो । यो पनि टुंगै भो । भोलि गरिहालौं । टिआरसी भोलि गरिहालौं । टिआरसी भोलीपल्ट गराई हाल्ने, हामीलाई बेकुव ठान्ने । कसरी टिआरसी भोलिपल्ट गर्ने । त्यसमा हामीलाई आपत्ति थिएन । तर हामीले पीडितमैत्री हुनुपर्छ है । भन्ने कुरा छोड्नुपर्ने । त्यस्तो कुरा हुन सक्दैनथ्यो । तसर्थ, हामी एक्लै गठबन्धनसँग लड्यौं । कहीँ पनि हाम्रो मतभार जित्नका लागि पुग्दैनथ्यो । तर एक ठाउँमा हामीले जित्यौं । कोशी प्रदेशमा महिलातर्फको सिटमा रुक्मिणी कोईराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभयो हाम्रो पार्टीको तर्फबाट । हामीले यस जितका लागि केही खुला र इमान्दार प्रयास अघि बढाएका थियौं । राप्रपाको मत हामीले लिने, हाम्रा मतहरु राप्रपालाई दिने । राप्रपासँग ३९४ मत थियो । ४२ सय भन्दा बढी मत हामीसँग थियो । त्यो हामीले राप्रपालाई दिने भन्यौं । राप्रपाको एकजना प्रवक्ता भन्ने मान्छेले परिणाम आएपछि एमालेले बेइमान ग¥यो, धोका दियो भनेर बहुतै लाञ्छित गरेको मैले सुने । मैले कतै त्यसको प्रतिवाद गरिरहिन । तर उहाँहरुले बुझनुपर्ने उहाँहरुको मत ३९४ मात्रै आयो कि धेरै मत आयो ? केहीले नपुगेको हो कि धेरले नपुगेको हो ? अनि, ती मत चाहीँ कहाँबाट आए ? एमालेको आयो कि आकाशबाट आए ? अनि एमालेले बेईमानी गरेको भन्ने ? एमालेले इमान्दारिताका साथका साथ काम ग¥यो । तर केही भोटहरु बिग्रिए होला । कसका भोट बिग्रिए, कहाँ बिग्रिए । राप्रपाका बिग्रिए कि एमालेका बिग्रिए ? त्यसकारण सोझै एमालेलाई लाञ्छित गर्ने त्यो आग्रही, पूर्वाग्रही तरिका राप्रपाका ती प्रवक्ता भन्ने व्यक्तिले एमाले बिरोधी भावना रहेछ भन्ने कुरा उनी भित्र देखिन्छ भन्ने कुरा त्यसबाट पुष्टि हुन्छ । हामीले त्यति धेरै भोट हाल्यौं । होला हाम्रो पनि एकाध भोट बिग्रिए होला । उहाँहरुको बिग्रिएन भन्ने के छ र ? उहाँहरुको भोट बिग्रिएको हुनसक्छ । अनि उहाँहरुको र हाम्रो भोटले मात्रै पनि पुग्दैन थियो । अरुका भोट आउनु पर्दथ्यो, त्यो नआएको हुन सक्दछ । त्यसकारण हामीले सहमती गरेको राप्रपाले जितेन । हाम्रो बेइमानीले होइन । हाम्रो संस्थागत बेइमानी होइन । अव कुनै कहीँ भित्र केही गरेको भए त्यो मलाई थाहा छैन । तर त्यो संस्थालाई दोष लगाउन मिल्दैन किनभने यत्रो धेरै भोट त गएको छ त ? संस्थाले सहमति गरेर उहाँहरुलाई भोट खसालेको थियो । त्यसकारण प्रवक्ता एमालेमाथिको जुन वैरभाव प्रतिक्रियामा प्रकट भयो, त्यो अनुचित छ । गलत छ । राप्रपाले त्यस्ता खालको तरिकाहरु अवलम्वन गर्नु हुँदैन । यी दुई वटा ठूल्ठूला सफलताका कामहरु हामीले गरेका छौं यस बीचमा ।  ’
‘गठबन्धन अहिले पनि कायम छ । गठबन्धनको चरित्र बदल्नका लागि निर्वाचन पछि हामीले गठबन्धनको चरित्र अलि देशको पक्षमा होस्, जनताको पक्षमा होस् । सुशासनको पक्षमा होस् । विकासको पक्षमा होस् । एउटा समिकरण त बनाउनु नै प¥यो । त्यो समिकरण लम्पसारवादी हुन नपाओस् । एमालेको सहभागिताबाट त्यस गठबन्धनलाई फरक दिशामा लैजान सकौं भनेर हामीले नयाँ प्रयास गरेका थियौं । ’

अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रिय सभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गराउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन