fbpx

सरकारले मुलुकमा विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेनः केपीओली

author

समाचारपाटी

११ महिना अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । 

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गर्नुभयो । नेपाल संवत ११४४ को अवसर पारेर शनिबार काठमाडौंको वसन्तुपर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराव भन्ने हुनै नसक्ने तर्क गर्नुभयो । गल्ती गर्नेहरु खराव भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरुले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन । राजनीति अस्थिर बनाएको छ । राजनीति अराजक बनाएको छ । अराजकतालाई नियन्त्रण गर्ने होइन, प्रोत्साहित गरिराखेको छ । समाजमा सुशासन छैन । गुण्डाहरुलाई कारबाही गर्ने, गिरफ्तार गर्ने होइन । गुण्डालाई प्रहरीले गिरफ्तार गर्यो भने सरकारले छोडन लगाउँछ, राष्ट्रपतिले माफी दिन्छन् गुण्डाहरु छानीछानी । यो सुशासन भएन । अर्थतन्त्र ध्वस्त बनाएको छ । तस्करी बढेको बढ्यै छ । ३५ क्वीन्टल सुन त अस्तीनै आएको हामीले देख्यौं । जसमध्ये १ क्विन्टल पक्राउ पर्यो। अहिले ६० केजीमा झरेको छ । साँढे नौं केजी सुन पक्राउ पर्यो । अहिले त्यो २ केजी मात्रै छ । यो कुशासनको चर्चा गरी साध्यै छैन । तर यसको अर्थ लोकतन्त्र खराव भन्ने हुन सक्दैन । गणतन्त्र खराव भन्ने हुन सक्दैन । यसको अर्थ जसले गल्ती गरेको छ, त्यो खराब होला । त्यसबाट हामी ढुंगे युगतिर फर्कन सक्दैनौं ।’

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भईरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गर्नुभयो ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन