‘सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन’:-केपी शर्मा ओली

author

समाचारपाटी

२ years अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरोधीहरु एमालेसँग लड्न नसकेको बताउनुभएको छ । बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भति पोलिरहेको बताउनु भयो । उहाँले एमालेको बिरोध गर्न गिरिबन्धु टि स्टेट भनेपनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौति दिनुभयो । उहाँले कुनैपनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उहाँले सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा बिरोधीहरु हामीसँग लड्न सकिरहेका छैनन् । हिजो मैले पाल्र्यामेण्टमा अलिकति बोलेँ । त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपि नसक्नु भयो । के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो । तर भन्ने के भन्दा गिरबीबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा । खोल न त फाइल, खोल जेल जाउ, मैले भनिरहेको छु त । आफैँ खोल, आफैँ जाउ । हामी सार्वजनिक सम्पती छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ । त्यो बाटो कहिल्यै समाएनौँ । सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरुसँग । त्यसको जवाफमा गिरिबन्धु टि स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरुले त्यही भनेको होला । गिरबन्धु टि स्टेट, यति, औम्नी भन । ति सबैकुरा उनीहरुले गराएका छन् । कमिसको चक्र उनीहरुले चलाएका छन् ।’


काठमाडौं

बुधबार, असार ११, २०८२

२३.८२°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...