प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भिर प्रश्नहरु उठेको टिप्पणी गर्नुभएको छ ।
सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले परराष्ट्र नीतिहरु र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भिर प्रश्नहरु उठेको बताउनुभएको हो । अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने अवस्था आएको पनि बताउनु भयो । मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरुपता ल्याउन र मुलुकको हीत हुनेगरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रश्नहरु अहिले परराष्ट्र सम्बन्धका बारेमा सरकारको परराष्ट्र नीतिहरु र व्यवहारको तालमेल नभएको र अस्पष्टताहरुबारे बजारमा गम्भिर प्रश्नहरु उठेका छन् । संसदमा संसदमा गम्भिर प्रश्नहरु उठेका छन् । र, यस समितिले कमसेकम ती प्रश्नहरुको यथोचित समाधान सविस्तार छलफल गरेर मार्गदर्शन गर्नुपर्छ । सार्वभौमसत्ताको सवालमा, स्वाधिनताको सवालमा, स्वतन्त्रताको सवालमा, भुगोलको रक्षा र भौगोलिक अखण्डताको सवालमा, राष्ट्रिय हीतहरुको सवालमा, तीनको रक्षा र संवद्र्धनको सवालमा, त्यसै गरेर राष्ट्रिय स्वाभिमानलाई हामी कसरी माथि उठाउन सक्छौं ? त्यसबारेमा । मूलत? प्रश्नहरु यिनै हुन् । यी प्रश्नहरुको सेरोफेरोभित्र हामीले अगाडिदेखि लिई आएका नीतिहरु धर्मराएको देखिन्छ । हामी असंलग्न परराष्ट्र नीतिमा सदैव अडिग रहेका, त्यो असंलग्न परराष्ट्र नीति म आजै परराष्ट्रमन्त्रीज्युसँग यस सम्बन्धमा छलफल गर्न चाहन्न । प्रश्न मात्रै उठाउन चाहन्छु । असंलग्न परराष्ट्र नीति, हाम्रो तटस्थता, हामी असंलग्न राष्ट्रहरुको संगठन, त्यसका संस्थापक समस्य मध्येका हौं । असंलग्न राष्ट्रहरुले अवलम्वन गर्नुपर्ने आधारभुत नीतिहरु पञ्चशील, अहस्तक्षेपका, सार्वभौमसत्ताको सम्मानका कुरा, आन्तरिक मामिलामा अहस्तक्षेपका कुरा, हस्तक्षेप नगर्ने कुरा, एकअर्काको सम्मान गर्ने कुरा, पारस्परिक लाभ र पारस्परिक सम्मानका लागि काम गर्ने कुरा जस्ता प्रश्नहरु हाम्रा नीतिहरु रहिआएका छन् । कुनैपनि सैन्य पक्षधरता, सैन्य गुटतिर सरिक, संलग्न नहुने र पक्षधरता पनि नलिने रणनीति हाम्रो सदैव शान्तिको पक्षधर नीति । हामी हतियारको निर्माण, परणाणु अस्त्रहरुको वा केमिकल्प वेपन्सको कुनैपनि हतियारहरुको निर्माण गर्नुहुँदैन भन्ने पक्षमा रहिआएका छौं । हामी कहीँ द्वन्द्व पैदा भयो भने त्यस्तोलाई संवादको माध्यामबाट समाधान गर्नुपर्छ भनेर भन्दै आएका छौं । त्यसैगरी हामी संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु, हामीसँग सार्क बनेको थियो । र, सार्कले लगभग तीन दशक, चार दशकसम्म लगभग काम गर्यो । अहिले सार्क ज्युँदो छ वा छैन, हुने हो कि होइन ? त्यो भेन्टिलेशनमा गएको अवस्था छ ।
हाम्रा नीतिहरुको सन्दर्भमा हामी सार्कको विकल्पमा बिम्स्टेक जसरी अगाडि बढ्यो, तर विमस्टेक आफैंमा कति प्रभावकारी ढंगले चलिराखेको छ । पारस्पारिक हाम्रो छिमेक सम्बन्धहरु, क्षेत्रीय संगठनहरु, तिनको प्रभावकारिता, तिनीसँगको हाम्रो सम्बन्ध, हाम्रो भूमिका के, कस्तो भईरहेको छ ? र, हाम्रो अन्तराष्ट्रिय छवि कस्तो रहेको छ ? हामीेले वाह्य सहायता, ऋण वा लगानी कस्ता ठाउँमा, कसरी परिचालन गर्छौं ? जस्ता कुराहरु । एक अर्को छिमेकीका बिरुद्ध हामी कुनै प्रकारको प्रत्यक्ष वा परोक्ष कुनै हिसावले पनि छिमेकीका बिरुद्ध गतिविधि गर्दैनौं । र, हाम्रो भूमि कसैका विरुद्ध कसैलाई पनि प्रयोग गर्न दिदैनौं । यस्ता हाम्रा आधारभुत सिद्धान्तहरुका प्रश्नमा राष्ट्रले एकजुट भएर पुनर्पुष्टि गर्नुपर्ने अवस्था आएको छ । त्यसको पुनपुष्टि गर्नुपर्छ एकजुट भएर । अरु कुरामा प्रतिष्पर्धा हुन्छ । तर, वाह्य सम्बन्धमा, छिमेक सम्बन्धमा, परराष्ट्र सम्बन्धमा, अन्तर्राष्ट्रिय नीतिको मामिलामा सबै पक्षहरु एकजुट हुन्छन् । र, त्यसै अनुसारको परराष्ट्र नीति हुन्छ । र, संसार चल्छ । हामीले त्यसका निम्ति यी मुलभुत आधारहरुलाई मजबुतीका साथ पुनर्पुष्टि गर्ने र अगाडि बढने काम गर्नुपर्ने अवस्था छ । त्यसकारण यो पुनर्पुष्टि गर्ने कुरा र हामीले कसैसँग पनि सम्बन्ध राख्दा पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा सम्बन्धहरुलाई विकास गर्ने कुरा, स्वाभिमान कतै झुक्न नदिने कुरा, राष्ट्रिय हीत गुम्न नदिने कुरा र स्वाभिमानपूर्ण ढंगले राष्ट्रिय हितको रक्षा, संवद्र्धन गर्ने कुरा र पारस्पारिक मित्रता, छिमेक सम्बन्धमा पनि र वाह्य सम्बन्धमा पनि । मित्रता र सहयोगको स्थितिलाई मजबुत बनाउने कुराहरुतर्फ हाम्रो एकरुपताको आवश्यक्ता छ । अघि माननीय प्रेम सुवालजीले उठाउनु भयो–सीमाका समस्या । सीमाका समस्या छन् । समाधान गर्नैैपर्ने छ । समाधान नगरेर त हामी यत्तिकै रहन सक्दैनौं । समाधान हुन्छ । र, हामीलाई स्पष्ट छ–संवादको माध्यमबाट त्यसलाई अत्यन्तै सुझबुझका साथ ती समस्याहरुको समाधान गर्नुपर्छ । हामीले हाम्रो गुमेको भूभाग फिर्ता लिनुपर्छ । र, कहीँ हाम्रो स्वाभिमान तलमाथि पर्न दिनुहुँदैन । कहीँ पनि एक इन्च जमिन तलमाथि पर्न दिनु हुँदैन । त्यो सरकारको पनि कर्तव्य हो । र, नागरिकहरुको पनि कर्तव्य हो । त्यसकारण सरकार, नागरिकहरु र सबै राजनीतिक दलहरु एकठाउँ भएर यो कुरामा लाग्नुपर्छ । यस कुरामा यस समितिमार्फत यस समितिलाई समन्वयात्मक ढंगले अगाडि बढाएर यस समितिमार्फत यस्ता नीतिहरुलाई एकरुपता कायम गर्नुपर्छ । किनभने यहाँ सबै दलहरु पनि छन । यसरी यो सर्वदलीय सहमतिका लागि पनि यस समितिका निस्कर्षहरु बहुतै उपयोगी हुनसक्छ । यसकुुरामा पहल पनि होस् सभापतिजीबाट । र, यसमा सभापतिजीलाई सफलता पनि मिलोस् ।’अध्यक्ष ओलीले सबै दलको सहमतीमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्नसक्ने पनि बताउनु भयो ।