fbpx

‘एमाले संसद अवरोध गर्न चाहँदैन, चलोस् भन्ने चाहन्छ’:-केपी शर्मा ओली

author

समाचारपाटी

१ year अगाडि

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनुभएको छ । 

बिहीवार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाउनु भयो । उहाँले कोशी प्रदशमा आन्दोलन गर्नेहरुमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरु रहेको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरु भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन् । उहाँहरुले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, मनाधवकुमार नेपाल । यी बाहुनले नुवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने । ती साढेको केही दुष्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर तालि बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन । नेपाली लड्नु हुँदैन । जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त । जनता किन भिडाउनु हुन्छ । शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन् । सजग हुनुपर्छ ।’अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाण सँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताउनु भयो । उहाँले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरुलाई भगाउन लागेको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज राजधानी भन्ने एउटाले सुवासचन्द्र नेम्वाङ र केपी ओलीको बीचमा खटपट यसो उसो भनेर भनेछ । हिजो हामी छलफल गर्दै थियौँ, हिजो हामीले एउटा आयोग बनायौँ, उच्चस्तरी आयोग बनाउने निर्णय गर्यौं । त्यसले एक महिना पछि मात्रै काम थाल्छ, त्यो भन्दा अघि काम थाल्दा सत्ता पक्ष डरायो । किन डरायो त्यो उ जानोस् । एक महिना पछि मात्रै काम थाल्ने गरी नत्र भने कुनै हालतमा पनि आयोग नबनाउने । एक महिनाअघिदेखि हामीले माग्यौँ । आयोग बनाउ, हुँदैन भने, कहिले गठबन्धन, कहिले, काँग्रेस केन्द्रिय समिति, माओवादी त झन हुँदै हुँदैन भन्छ, प्रतिपक्षलाई बोल्न दिँदैन । एमाले संसद अवरोध गर्न चाहँदैन । चलोस् भन्ने चाहन्छ, तर देशमा आगो लगाइरहने, भ्रष्टाचार गरिरहने, संसद चलाइरहने, भ्रष्टाचार पनि झवाम पार्ने, तस्करी पनि लुँड्याइराख्ने, छानबिन गरौँ भन्दा हुँदैन भन्ने । एक क्विन्टल सुन तस्कर परेको थियो, ट्याक्सीमा । एयरपोर्टमा होइन बाहिर । ल्याउने लाने गरेको ड्राइभर साथैमा छ । मेरो सामान भनेर बुझ्न जाने हर्कबहादुर राई त्यही ट्याक्सीम छ । राजश्व अनुसन्धान विभागमा पुर्याएर एक क्वीन्टल सुनसमेत पक्राउ परेका अभियुक्तहरु उहाँ लगेर फरि खोजिका बखत हाजिर हुन्छु भनेर छोडे । किन छोड्यो, के भनेर छोड्यो, छिटो जाउ, सबलाई खबर गर, सामान लुकाउ, मान्छे भगाउ, तीन दिनपछि फेरि समात्छौँ । त्यसरी दुई जनालाई पठाए । अनुसन्धानले त्यसरी छोड्छ, अनुसन्धान भनेको त्यस्तै हुन्छ । सय केजी ६१ मा झरेको छ । यति मजाक गरिरहन, भ्रष्टाचारको यसकुरालाई लुकाउन गिरिबन्धु टि स्टेट खायो केपीले भने । छ झापामा गिरिबन्धुको हो, मेरो होइन, मैले के गर्नु त छ भने ।’अध्यक्ष ओलीले अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताउनु भयो । 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक