काँग्रेसलाई ओलीको प्रश्न–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं I प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल काँग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गर्नुभएको छ । 
संसदको सबैभन्दा ठूलो दल काँग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो । उहाँले पुच्छरले कुकुर हल्लाएजस्तो भुमिकामा संसदको सबैभन्दा ठूलो दल काँग्रेस रहेकोमा आफू छक्क परेको बताउनु भयो । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भनि प्रश्न समेत गर्नुभयो । अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल काँग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘देशको सबभन्दा ठूलो पार्टी नेपाली काँग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरुले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरुले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन । २०१५ सालको संसदमा एक पल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्याउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली काँग्रेसका साथीहरुलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली काँग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरुको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईहरुलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।’

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिनुभयो । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उहाँले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताउनु भयो । अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफू बिरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाउनु भयो । 


उहाँले भन्नुभयो,  ‘मैले अस्ती प्रधानमन्त्रीजीलाई भने–अहिले यो पाकिस्तानी राजनीति, प्रतिसोधको राजनीति उहाँले शुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ शुरु भयो । उहाँहरुले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । सरकारले अधिनायकवादी भएर चल्ने होइन । जाति सर्टिफिकेट हो भने त पोहोर, परार पनि थियो होला नि । हिजोदेखि थियो होला नि जाली सर्टिफिकेट । किन मुद्दा नचलाएको, कारबाही नगरेको ? अस्ती पार्लियामेन्टमा सुनकाण्डबारे बिरोध गरेपछि अचानक हत्कडी लगाउने आयो मान्छे । किन भन्दाखेरी उहिले तिमी विद्यार्थी हुँदाखेरी पढदा छेउको साथीको चिट चोरेका थियौ नि तिमीले । तिमीले आफूले लेखेकै होइन । अर्को चिट चोरेर पास गरेको । त्यसको छानबिन गर्दैछौं । वा, हत्कडी चाहीँ लागि सक्यो । कसलाई ? एउटा जननिर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउँछ भने अरु यसै थर्किनुपरेन । तर म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु–तपाईँहरुको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवाला चाहीँ छैन ।’

ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा सरकार गम्भिर नभएको जिकिर समेत गर्नुभयो ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन