fbpx

नेपाल–भारत सम्बन्धलाई अघि बढाउन ईपिजी प्रतिवेदन आवश्यक : ओली

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्धलाई ईपिजी प्रतिवेदनको आधारमा अघि बढाउन जायज हुने बताउनुभएको छ ।


भारत सरकारले सो प्रतिवेदन बुझ्न समेत आनकानी गरिरहेका बेला अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई तथ्यका आधारमा अघि बढाउन सो प्रतिवेदन अति आवश्यक हुने दाबी गर्नुभएको हो । दुवै मुलुकका सरकारले तोकेका विज्ञहरुको समूहले तयार पारेको सो प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यान्वयन गर्ने कुरालाई सहज ढंगले अघि बढाउनुपर्ने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन सो प्रतिवेदनले प्रेस्क्रिप्सनको काम गर्ने बताउनु भयो । आजको आवश्यक्ताको उचाईको आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अघि बढाउन पनि इपिजी प्रतिवेदनको विकल्प नरहेको बताउनु भयो । 


ओलीले भन्नुभयो, ‘इपीजीको प्रतिवेदनले दिएको सुझावको आधारमा नेपाल भारतबीचको सम्बन्धलाई अगाडि बढाउन जायज हुन्छ । यसले नेपाल भारत सम्बन्धलाई तथ्यका आधारमा अगाडि बढन आधार तयार गर्छ । बुरुक्क उफ्रेर रुख चढन सकिदैन । सिँढी चाहिन्छ । यसले सिँढीको काम गर्छ । किनभने कुन कुन पाइला, कुनकुन इस्युमा कसरी जाने, कुन कुन पाईला टेक्दै अगाडि बढने भन्ने कुराहरुको प्रेस्क्रिप्सन त्यसले दिएको छ । त्यसर्थ, हामीले त्यसलाई छोडदिएर फेरी एउटा पुरानो इस्युमा मात्रै होइन कि त्यो इस्यू त्यसैभित्र छ । १९५० को सन्धीको प्रश्न, सुगौली सन्धीको प्रश्न, १९५० को सन्धीको अनेकौं प्रश्न छन ।

यहाँ त सुगौली सन्धी पो कार्यान्वयन नहुने भइसक्यो । सुगौली सन्धीले महाकाली नदीको उद्गमदेखि पूर्वी भाग नेपालको भन्छ । सुगौली सन्धी नै नहुने भयो । यसले सुगौली सन्धी देखिको कुरा उठाउँछ । गोर्खाजको सम्बन्धमा भएको त्रिपक्षीय समझदारी त्यसमा पनि नेपालको कुनै हात छैन । खाली तिमीहरुको सही गरे भनेर पठाईदिएको भरमा सही गरिएको हो । यी सबै कुराहरुमा पुनर्विचार गर्नुपर्ने, त्यसलाई आजको समय अनुकूल बनाउनुपर्ने, सबै हिजोको ट्रिटीहरुलाई अध्यावधिक गर्नुपर्ने र आजको आवश्यक्ताको उचाईमा उठाउनु नै पर्छ ।’


ओलीले सुगौली सन्धीलगायत भारतसँग विगतमा भएका असमान सन्धि सम्झौताहरु अध्यावधिक गर्दै अघि बढनुपर्ने बताउनु भयो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर