लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छ : केपी ओली

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ । 
शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताउनु भयो ।

उहाँले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताउनु भयो । अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सिमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताउनु भयो । उहाँले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र । साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन । तसर्थ आज पनि मानव अधिकारका निम्ति प्रयास गर्नुपर्ने जरुरी छ । एउटा हामी हरेकले प्रयास गर्नुपर्ने छ र अर्को सरकारलाई भन्नुपर्ने छ । हामी जो जहाँ छाँ, त्यहाँबाट प्रयास गर्नुपर्छ । अर्को सरकारलाई हामीले भन्नुपर्ने, देखाउनुपर्ने, दबाब दिनुपर्ने अवस्था छ, जब निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशतको जनसंख्या छ । निरपेक्ष गरिबीको रेखामुनि ।

अहिले पनि देशमा भोकमरीको स्थिति छ । निरपेक्ष गरिबीको रेखामुनी र बहुआयामिक गरिबीको रेखामुनी एउटा ठूलै हिस्सा समाजको अहिले पनि छँदै छ भने मानव भएर बाँच्न पाउने आधारभुत अधिकार प्राप्ति नै भएको छैन । आधारभुत अधिकार नै प्राप्त भएको छैन भने अरु अधिकार कहाँबाट आउँछ । घरको जग नै बनेको छैन भने माथिल्लो तला कसरी बन्छ ? मानव अधिकारको जग नै कमजोर छ । मानिसले बाँच्न पाउने अधिकार हो । बाँच्न पाउने खान पाउने अधिकारबाट मानव अधिकार शुरु हुन्छ ।’ 

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभुत अधिकार दिलाउनुपर्ने बताउनु भयो । 


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन