नेपालमा भूमि बैंक स्थापना गर्न ढिलाई गर्नुहुन्न : ओली

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । 


बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाई थियो । मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको बताउनु भयो ।

ओलीले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गर्नुभयो । उहाँले नेपालमा ५ वर्ष भित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकिर समेत गर्नुभयो । त्यसका लागि कृषिमा आधुनिक औजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिंचाईको प्रवन्ध गर्नुपर्ने ओलीले बताउनु भयो । 


उहाँले भन्नुभयो,  ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रुपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढि उपयोगी हुन्छ । पहाड सहकार्य नै काफी हुन्छ । सुन्तला यहाँ राम्रो हुन्छ । यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन । कृषि उत्पादन ५ वर्षमा कम्तिमा असी प्रतिशत बढाउन सकिन्छ ।

यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै असी प्रतिशत कसरी हुन्छ ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पुयाउन सकिन्छ ।’

अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिंचाईको अभाव नहुने दावी समेत गर्नुभयो । उहाँले माटोलाई स्वस्थ राख्नका लागि प्राङ्गारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताउनु भयो । 


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन