‘कुप्रचार चलाइरहेको बेला युवा साथीहरु नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ’:-केपी शर्मा ओली

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बिरुद्ध आक्रमण जारी रहेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले दुनियाँमा विभिन्न प्रकारका कुप्रचारहरु भइरहेको बताउनु भयो । एमाले बिरुद्ध हमला भइरहेको समयमा पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवाहरु एमालेमा प्रवेश गर्नु नेपाल बनाउने भिजिनरी संकल्प भएको बताउनु भयो । उहाँले एमालेले युवालाई सदुपयोग गर्ने पनि बताउनु भयो । सही बाटोमा अरुलाई ल्याउँछु तर गलत बाटोमा जान्न भन्ने दृढ संकल्प लिन जरुरी रहेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दुनियाँमा विभिन्न प्रकारका कुप्रचार र कुहल्लाहरु चलाइरहेको बेलामा । एमाले बिरुद्ध यत्रा हमलाहरु भइरहेका बेला पढेलेखेका, टेक्निकल एजुकेसन, जीवनसँग सम्बन्धित शिक्षा लिएका युवा साथीहरु यसरी नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । यो तपाईंहरुको भिजिनरी संकल्प हो । नेपाल बनाउने भिजिनरी संकल्प हो ।’


प्रधानमन्त्री ओलीले नेकपा एमाले जनताका हक अधिकार र देशका लागि लड्ने पार्टी भएको बताउनु भयो । उत्ताउलो नभइ जिम्मेवार पार्टीको रुपमा एमालेले काम गरिरहेको जिकिर गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन