एमाले सांसदलाई ओलीको निर्देशनः विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्

author

समाचारपाटी

३ हप्ता अगाडि

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले विधेयकहरुमा कमी कमजोरी भए सच्याएर पास गर्ने ल्याकत राख्नुपर्ने बताउनुभएको छ ।


शनिवार बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले चालु अधिवेशनमा वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्ने बजेट ल्याइने बताउँदै यसले नै देशलाई कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्ने उल्लेख गर्नुभयो । यसमा आत्मकेन्द्रित भएर नभइ गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो । राष्ट्र र जनता केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो । चालु अधिवेशनमा धेरै विधेयकहरु पारित गर्नुपर्ने भन्दै विधेयक जसो पायो, त्यसै पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो । ठिक विधेयक पारित हुनुपर्ने र गलत विधेयकले े देशलाई वैचारिक, व्यवहारिक हिसावले गलत दिशामा लैजानसक्ने बताउनु भयो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुख्य रुपमा यसपल्टः तीन वटा कुरा यस अधिवेशनमा विशेषता र मुख्य काम हुन्छन् । जसले वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्दछ । कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्दछ । यि कुराहरुमा हामीले साँच्चै गम्भीरताका साथ ध्यान दिनुपर्दछ । आत्मकेन्द्रित भएर होइन । राष्ट्र केन्द्रित भएर । जनताप्रति समर्पित भएर हामीले यि कामहरु गर्नुपर्दछ । यिनलाई सही ढंगले निस्कर्षमा पु¥याउनुपर्दछ । हामीले थुप्रै विधेयकहरु यस अधिवेशनबाट पारित गर्नुपर्नेछ । विधेयक जसो पायो, त्यसै पारित हुन नदिनुस् । पारित हुनु हुँदैन । ठिक विधेयक पारित हुनुपर्दछ । ठिक ढंगले पारित हुनुपर्दछ । विधेयक ठिक पारित भएन भने गलत विधेयकले देशलाई वैचारिक हिसावले गलत दिशामा लैजान सक्छ । व्यवहारिक हिसावले गलत दिशामा लैजान सक्छ । जसको प्रत्यक्ष असर जनतालाई सेवा सुविधा पु¥याउने कुरामा हुन्छ । उद्यमी व्यवसायीलाई अफ्ठ्यारो पार्ने, विकासका कुरामा अफ्ठ्यारो पार्ने कुरामा, मजदुर किसानलाई अफ्ठ्यारो पार्ने कुरामा पु¥याउनसक्छ । त्यसकारण जस्तो पनि होइन । जस्तो पनि पास गरिदिएर हुँदैन । पास गर्नु त हो नि भनेर हुँदैन । हामी अत्यन्तै चनाखो हुनुपर्दछ । देश र जनतको पक्षमा विधेयक पास गर्नुपर्दछ ।’


प्रधानमन्त्री ओलीले एमसिसी अब नआउनसक्ने भन्दै एमसिसी आएन भने सहेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो । राष्ट्रका बीचमा गरिएका सम्झौताहरु आफ्नो देशको कानून भन्दा माथि हुने जिकिर गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान