दाहाल लक्षित ओलीको टिप्पणीः देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन्

author

समाचारपाटी

४ हप्ता अगाडि

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताउनुभएको छ ।


शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको बताउनु भयो । उहाँले हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता÷कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो । उहाँले विमानस्थलमा सभापति देउवाले सरकार ढल्दैन भनेसँगै अहिले पुर्पुरोमा हात लगाएर सुस्केरा हाल्दै बस्ने गरेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको परिस्थितिको बारेमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन । हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्किएर आउने बित्तिकै सरकार ढल्छ, भनेर एयरपोर्टबाटै पो ढल्छ की, आइपुग्ने बित्तिकै, ओर्लिने बित्तिकै ढल्छ की जस्तै पारेका थिए । ढल्यो, ढल्यो, ढल्यो, ढल्यो, ढलिहाल्यो अब बाङ्गिसकेको छ । शेरबहादुर देउवाजी आइपुगेपछि ढलिहाल्छ भनेर । अस्तिका दिन मैले साथीहरुलाई भनेँः यो भ्रम फिँजाउने तत्वहरुले हल्ला गरिरहन्छन्, भ्रम फिँजाइरहन्छन् । यसको पछाडि नकुद्नुस् है साथीहरु । काममा लाग्नुस्, मिसन ०८४ मा लाग्नुस्, चुनाव लाग्नुस् । यो सरकार ढल्दैन भन्यो, ढल्छ भन्छ फेरि अर्कोले कहाँ पुगेर । ढल्दैन भनिसकेपछि सिद्धियो नि । हामी भनिरहेका छौँ, ढल्दैन । फेरि के त्यस्ता हल्लाखोरहरुका कुराहरुका पछाडि किन कुदिरहने ? त्यसकारण मिसन ०८४ मा लाग्नुस्, चुनावमा लाग्नुस् । अहिलेदेखि चाहिने काममा लाग्नुस् । हल्लामा नलाग्नुस् । सरकार ढल्छ की रहन्छ की यसमा नलागनुस् तपाईंहरु । त्यसको जिम्मा हामीलाई छोडिदिनुस् । आफ्नो काम गर्नुस्, चुनावका पछि लाग्नुस् भनेपछि प्रधानमन्त्रीले नै आश मारिसकेछन् । भनेर त्यता व्याख्या गरे । प्रधानमन्त्रीले भनेका कुराले तरंग ल्यायो । नेपाली भाषा बुझ्दैनन् कि । त्यसकारण यस्ता कुरामा मैले भनिरहन परेन । शेरबहादुरजीले आइपुग्ने बित्तिकै हिजै जवाफ दिनुभयो । खुई गरेर, पुर्पुरामा हात लगाएर फेरि विचराहरु थचक्क बसे । हल्ला गर्नेहरु । त्यत्ति चाहिएको रहेछ । शेरबहादुरजीले सरकार ढल्दैन भन्दिएपछि खत्र्याक्कै हुँदा रहेछन्, थुचुक्कै । पुर्पुरोमा हात लगाएर । विदेशतिर कति हेर्नसक्दा भन्या ।’


प्रधानमन्त्री ओलीले नेपालको यही भूबनावटले नेपाललाई सधैँ स्वाधीन राखेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’