fbpx

एमालेको निष्कर्ष : उपनिर्वाचनमा शहरी क्षेत्रको लागि मिहिनेत गर्नुपर्ने देखियो

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I नेकपा एमालेले उपनिर्वाचनको नतिजाबाट शहरी क्षेत्रको सन्दर्भमा पार्टीलाई अझै मिहिनेत गर्नुपर्ने शिक्षा प्राप्त भएको निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा उपचुनावमा अपेक्षित मत ल्याउन नसकेको र शहरी क्षेत्रमा पार्टीको आकर्षणमा कमी देखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, "विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु, कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नु हामीले गम्भीरतासाथ लिनुपर्छ।" यद्यपि, उपचुनावको नतिजालाई भविष्यका निर्वाचनको पूर्वानुमानको रूपमा लिने कुरा एमालेले नकारेको छ।

एमालेले उपचुनावमा १.२६ प्रतिशत मात्र मतदाताले भाग लिएको र त्यसैले भविष्यको संकेतको रूपमा यसलाई बुझ्न सकिने आधार नभएको भनेको छ। तथापि, सानो संख्यामा भएको उपनिर्वाचनबाट महत्वपूर्ण शिक्षा लिनुपर्ने भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

“२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरूको बदलिंदो रुझान, जनप्रतिनिधिहरूको असन्तुष्टि र नयाँ दल र राजावादी शक्तिहरूको खस्किंदो अवस्थालाई बुझ्न यसले केही आधार दिन्छ,” प्रतिवेदनमा भनिएको छ।

एमालेका अनुसार, आफूले विजय हासिल गरेका स्थानहरूमा पार्टी र जनप्रतिनिधिहरूले थप मिहिनेत गर्नुपर्ने र शहरी मतदाता बीच अझै पार्टीको आधार बलियो बनाउनुपर्ने आवश्यकता रहेको छ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक