काठमाडौं I प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा उनले डेढ वर्षपछि देउवाले सरकार चलाउने र २०८४ को चुनाव गराउने बताए।
चुनावमा बहुमत ल्याउन सबैले प्रयास गर्ने र बहुमत नआए विकल्प खोजिने उनले प्रस्ट पारे।