fbpx

रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ

author

समाचारपाटी

२ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रश्तुत गर्नुभयो । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो । शुक्रवार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उहाँले सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने चेतावनी दिनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनैपनि खालको अपराध, अराजकताहरु जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । र यस्ता कुराहरुलाई हामी प्रोत्साहित गर्न सक्दैनौ भन्नेकुरा म स्पष्ट गर्न चाहन्छु । हिन्दीमा एउटा भनाई छ–उल्टै चोर कोटवालको डाँठे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएछ । यस्तै यहाँ त उल्टै सहकारीमा ठगेको कति कति प्रमाणहरु छन् । आफैँ सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? अरुलाई गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार सैह्य हुनेछैन । कुनैपनि प्रकारको ठगी सैह्य हुनेछैन । कुनैपनि प्रकारको मानव तस्करी सैह्य हुनेछैन । नेकपा एमाले र अहिलेको सरकारले जोसोकै होस्–अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ । त्यो मैले पहिलेदेखि नै भनेको छु ।’


प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप फाल्तु भएको जिकिर गर्दै त्यसमा टिप्पणी गरेर समय खेर फाल्न नचाहेको पनि दोहो¥याउनु भयो । उहाँले आफूमाथि कम्बोडिया र स्विस बैंकमा करोडाँै रकम राखेको भन्नेहरुले प्रमाण ल्याउन पनि चुनौति दिनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म विभिन्न पार्टीका नेता साथीहरुलाई भन्न चाहन्छु–तपाईहरु नेकपा एमालेतिर औँलो ठडयाएर बोलिरहनुभएको छ । तपाईहरु के साँच्चै बहस गर्न सक्नुहुन्छ ? नेकपा एमालेसँग । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भनिदिए त भयो नि–कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर स्विस बैंकमा यति हजार । अब तपाईहरु त हेर्न जान सक्नुहुन्न । भनिदिए भयो । त्यो मात्रै किन भन्ने ? अमेरिका, अमेरिकाको आधा सम्पती मेरै हो । भनि देउन भन्नका लागि । यस्ता फाल्तु कुराहरु गरेर केही पनि हुनेछैन । तर कसले आफ्ना आफन्तलाई अकुत सम्पती थुपारेर सात पुस्ता परसम्मका गोरु बेचेका साईनोसम्मका साधारण पारिवारिक अवस्था गरिव अवस्थाबाट अर्बाैँ का मालिक, करोडौँका मालिक कसले बनाएको छ ? बसेर छलफल गर्न, बहस गर्न हामी तयार छौं । म त्यतापट्टी जान चाहन्न । मलाई कुनै दन्तबजान गर्नुछैन । ’


प्रधानमन्त्री ओलीले आफन्तहरुलाई समेत पुग्नेगरी सम्पती जोड्ने कामहरु भइरहेको आरोप पनि लगाउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू