‘प्रधानमन्त्री ओलीको आग्रहः सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्’:-केपी शर्मा ओली

author

समाचारपाटी

९ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गर्नुभएको छ । शनिवार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउनु भयो । वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उहाँले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताउनु भयो ।

आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले उहाँले भन्नुभयो, ‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ । नेपाल फर्कन चाहनेहरुलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ ।

म भन्न चाहन्छु–अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । यसमा फरक पर्दैन । भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन । तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु ।’ त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरुका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिनुभयो ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.३५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन