काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आगामी ८४ सालसम्म टसमस नहुने दाबी गर्नु भएको छ ।शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु हो ।
गायिका शान्तिरानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै ढल्छ भन्दै हिँडेकोप्रति आपत्ति जनाउनु भयो ।
‘विपक्षमा रहेका साथिहरूले एउटा कुरामा आफूलाई व्यर्थ्यै खेर फालिरहेको छन । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदि इत्यादि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘एउटा गीत बजारमा ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’प्रधानम्न्त्री ओलीले उक्त गीत मनोरन्जनका मञ्चमा सुहाउने भए पनि राजनीतिक मञ्चमा नसुहाउने दाबी गनुभयो ।
‘अझै एक जना माननीयले यो गीत श्लील भएन भनेको पनि सुनेको छु । यस्तो गायन मनोरन्जनका मञ्चमा गाउन बन्द गरे हुन्छ । ८४ सम्म सरकार टसमस गर्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।