केपी ओली कप टी २० क्रिकेट : गण्डकी र काठमाडौं फाइनलमा

author

समाचारपाटी

१ महिना अगाडि


पोखरा । सिइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी२० पुरुष राष्ट्रिय क्लब स्तरिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो सेमीफाइनल खेल ५ ओभरको खेलाइयो भने दोस्रो खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि टस गराइएको थियो ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । वर्षाको कारण समयमा खेल सुरु हुन नसकेपछि ५ ओभरको मात्र खेल खेलाइएको थियो । ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले ५ ओभरमा ३ विकेट गुमाउँदै ४७ रनमा समेटियो । ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले ८ बलमा २ चौका प्रहार गरे । आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । आसिषले ३ बलमा २ छक्का प्रहार गरे । अभिनाष सिंह १२ रनमा आउट भए । उनले १२ बलमा १ चौका प्रहार गरे । दिपक रोकाया ४ रनमा आउट भए । काठमाडौंका लागि मनोज यादवले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिदाँ युनिश विक्रम सिंह ठकुरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ५ ओभरमा १ विकेट रिटार्यड आउट हुँदै ५७ रन बनायो । ओपनर रित गौतमले २८ रन बनाउँदै रिटार्यट आउट भए । उनले १७ बलमा ३ चौका प्रहार गरे । अर्जुन घर्ती १३ र दिपेन्द्र रावत ८ रनमा नटआउट रहे । अर्जुनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे भने दिपेन्द्रले ८ बलमा १ चौका प्रहार गरे । दोस्रो सेमीफाइनलमा गण्डकी हिरोज विरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले उत्कृष्ट पारी खेलेपनि टसमा दुर्भाग्य भयो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाउँदा पुनः वर्षा भएका कारण खेल रोकिएको थियो ।

अत्तरियाले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर अभिषेक पलले १९ रन जोड्दा उनीसंगै क्रिज पुगेका दोस्रो ओपनर विपिन रावलले ७२ रनको उत्कृष्ट पारी खेल्दै आउट भएका थिए । विपिनले ३३ बलमा १२ चौका र २ छक्का प्रहार गरे । खगेन्द्र जोशी २० रनमा आउटभए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । टेक रावत ११ रनमा नटआउट रहे । निश्चल
क्षेत्री ९ रनमा आउट रहँदा अर्जुन विक शुन्यमा नटआउट रहे । गण्डकी हिरोजका लागि मिलन बोहोराले ३.३ ओभरमा ३० रन दिदैँ ३ विकेट लिए । नारायण जोशीले १ विकेट लिएका थिए । चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गण्डकी र काठमाडौंले उपाधिका लागि भोलि भिड्नेछन् ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’